संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्दैनौँ : एमाले
सारांश
- एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाको संसद अवरोध गर्ने कार्यशैलीको आलोचना गर्दै यसमा अडिन नसकिने बताए।
- सभामुखले बोलाएको छलफलपछि बर्तौलाले संसदलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नसकिने र नियमावलीअनुसार अघि बढ्ने बताए।
- शोक प्रस्ताव राख्दा विरोध गर्नुलाई उनले शहीदप्रतिको अपमान र संसदको मर्यादा गिराउने कार्य भने।
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्लाई लामो समय अनिर्णयको बन्दी बनाउन नसकिने उल्लेख गरे ।
उनले संसद् आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने बताए । शोक प्रस्ताव राख्दा पनि बेल घेराउ गरिरहनु शहीदप्रतिको अपमान भएको उनले जिकिर गरे ।
सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भए पनि शोक प्रस्ताव राख्दा समेत विरोध गर्नुले संसद्को मर्यादा गिराएको उनले बताए। अशोभनीय व्यवहार र प्रवृत्ति संसदमा देखिनु राम्रो नभएको उनको भनाइ छ ।
प्रमुख सचेतक बर्तौलाले सङ्घीय निजामती लगायतका महत्त्वपूर्ण विधेयकहरू आजको संसद् बैठकबाट अघि बढाइने जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण