आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
संसद् बैठक

संसद बैठक सुरु,  रास्वपा र राप्रपाको अवरोध

आइतबार, ०१ असार २०८२, १२ : ५३
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ। बैठक बिहान ११ बजे बोलाइएको भए पनि झण्डै दुई घण्टा ढिलो गरी सुरु भयो।
  • सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए। तर सहमति जुट्न सकेन।
  • विपक्षी दलहरू रास्वपा र राप्रपाले आ-आफ्ना अडान कायमै राखेकाले सहमति हुन नसकेको हो।

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक झण्ड दुई घण्टा ढिलागरी बैठक सुरु भएको हो ।

२० दिनदेखि जारी संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आ–आफ्ना अडान कायमै राखेकाले सहमति हुन सकेको छैन । 

बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाले अवरोध गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप