संसद् बैठक
अर्थमन्त्री बोल्दाबोल्दै सांसद पाण्डेको सभामुखलाई प्रश्न– सभा सञ्चालन गर्ने तरिका भएन
आइतबार, ०१ असार २०८२, १३ : ३७
सारांश
- सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्न खोज्दा रोकियो।
- सांसद राजेन्द्र पाण्डेले अर्थमन्त्रीको बजेट प्रस्तुतिमा विपक्षीको नाराबाजीका कारण आफूहरूले सुन्न नसकेको बताए।
- पाण्डेले सभामुखलाई सदन रोकेर सहमतिमा अघि बढ्न आग्रह गरे।
काठमाडौँ । सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्दागर्दै रोके । त्यसपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद राजेन्द्र पाण्डेलाई बोल्न समय दिए ।
पाण्डेले अर्थमन्त्रीले बजेटका विषयमा महत्त्वपूर्ण भनाइ राख्दा एउटा प्रतिपक्षी दलले नाराबाजी गरिरहेकाले आफूहरूले सुन्न नसकेको बताए । नाराबाजीबिच सदन सञ्चालन गर्दा बजेटबारेको अर्थमन्त्रीको प्रस्ताव खल्लो भएको भन्दै संसद् रोकेर सहमति गरेर सदन चलाउन आग्रह गरे ।
उनले भने, ‘सभामुखज्यू सभा सञ्चालन गर्ने तपाईँको तरिका ठिक भएन । सदन रोकेर सहमति गरेर सदन सञ्चालन गर्नुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण