बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

टुँडिखेलमा मगर समुदायको भूमे पूजा, तस्बिरमा हेर्नुहोस्

आइतबार, ०१ असार २०८२, १४ : ५४
आइतबार, ०१ असार २०८२

सारांश

  • काठमाडौंमा खाम भाषा बोल्ने मगर समुदायले भूमे पूजा मनाए। यो पर्व आइतबार टुँडिखेलमा मनाइएको हो, जसमा जमिनलाई देवताको रूपमा पूजा गरिन्छ।
  • भूम्या पर्वमा बालीनालीको राम्रो होस्, पानी परोस् र बाढीपहिरोले कसैलाई नोक्सान नहोस् भन्ने प्रार्थना गरिन्छ। असार १ गतेलाई उत्तम साइत मानिन्छ।
  • भूम्या पर्व मगर समुदायको नयाँ वर्षको रूपमा पनि मनाइन्छ, जसमा गाउँको विकास योजना बनाउने, वस्तुभाउको चरन क्षेत्र तोक्ने जस्ता कार्यहरू हुन्छन्।

काठमाडौँ । अठार मगरात क्षेत्रमा बसोबास गरी खाम अर्थात् मगर भाषा बोल्ने समुदायले मनाउँदै आएको भूमे पूजा काठमाडौँमै पनि मनाइएको छ । परापूर्व कालदेखि मनाउँदै आइएको यो पर्व आइतबार टुँडिखेलमा मनाइएको हो । भूम्या पर्वमा भूमि अर्थात् जमिनलाई देवताका रूपमा पूजाआजा गर्दै बालीनाली सप्रियोस्, खेतीपातीका लागि पानी परोस् र बाढी पहिरोले कसैको अकालमा ज्यान नजाओस् भनी प्रार्थना गर्ने गरिन्छ । 

bhume-puja (1)

असार १ भूम्या अर्थात् भूमि पूजाको अति उत्तम साइत मानिन्छ । यही मान्यता अनुसार टुँडिखेलमा भूमे पूजा मनाइएको हो । टुँडिखेलमा असार ३ गतेसम्म भूमे पर्व मनाइने आयोजक पक्षले जनाएको छ । लेकमा गइ बुकी फूल टिपेर ल्याएर भूमे पूजा गरिन्छ । 

आजको दिन ब्रत बसी पूजा गर्ने, चामलको सेतो टिकासँगै बुकी फूल लगाउने तथा शुभकामना आदानप्रदान, आगामी वर्षका लागि साडो भाकल गर्ने र भूमे नाच नाच्ने चलन छ । 

bhume-puja (2)

भूमिको पूजा मात्रै नभई अठार मगरात क्षेत्रमा बसोबासी मगर समुदायले भूम्या पर्वलाई नयाँ वर्षका रूपमा पनि मनाउने गर्दछन् । भूम्या पूजा गरी बस्तुभाउको चरिचरण क्षेत्र खुल्ला र बन्द गर्ने, गाउँको मुखिया, पुजारी र कटुवाल चुन्ने काम र आफ्नो गाउँको विकास योजना गाउँलेहरूको सहभागितामा निर्माण गर्ने काम पनि भूम्या वर्षकै बेला गर्ने चलन छ ।

bhume-puja (3)

मगर जाती प्रकृतिमै अर्थात् वनजंगल, जल, जमिनमै आश्रित जाती हो । यो जाती भौगोलिक रूपमा विकट दुर्गम क्षेत्र, खोलानाला वरिपरि बसोबास गर्ने, खेती किसानी र बस्तुभाउमार्फत जीवन निर्वाह गर्ने जाति भएकाले जल, जमिन र जङ्गललाई देवताका रूपमा पूजाआजा गर्ने परम्परा रहेको छ ।

bhume-puja (4)bhume-puja (5)bhume-puja (6)bhume-puja (7)bhume-puja (8)bhume-puja (9)bhume-puja (10)bhume-puja (11)bhume-puja (12)bhume-puja (13)bhume-puja (14)bhume-puja (15)bhume-puja (16)bhume-puja (17)bhume-puja (18)bhume-puja (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप