सर्वाधिक नगद पुरस्कार राशिको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि हुने
काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ ।
असार ५ गतेसम्म हुने प्रतियोगिता ७२ होलको हुनेछ। ३६ होलपछि कट लागू हुने नियम रहेको छ। कट बनाउने शीर्ष २१ प्रोफेसनल खेलाडीहरू (टाइ परेमा हो समेत) तथा त्यही स्कोर बनाउने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउन्डको लागि स्थान बनाउने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दिपक आचार्यले बताए ।
प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गर्नेछन् । साथै प्रतियोगितामा १८ जना उत्कृष्ट एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन्। शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण