त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छैनौँ : नेविसंघ
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आफ्नो सङ्गठनले तालाबन्दी नगरेको जनाएको छ। नेविसंघ प्रवक्ता सुरज सेजुवालले एक विज्ञप्ति जारी गर्दै त्रिवि उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोग लगायत विभिन्न कार्यालय एवं पदाधिकारीको कार्यकक्षहरूमा नेविसंघले ताला नलगाएको प्रस्ट पारेका हुन्।
नेविसंघले तालाबन्दी गरेको भनी विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आधारहीन, भ्रामक र मिथ्या सूचना सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाए ।
आन्दोलनको स्वरूपलाई समयानुकूल र सुसंस्कृत बनाउन शिक्षण संस्थाभित्र कुनै पनि प्रकारको तालाबन्दी नगर्ने स्पष्ट र संस्थागत निर्णय नेविसंघ रहेको छ।
शैक्षिक वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरी विश्वविद्यालय तथा मातहतका क्याम्पस कलेजहरूमा तालाबन्दी गर्नु नेपाल विद्यार्थी सङ्घको आचारसंहिता, २०८०, साथै सङ्घका नीति र आदर्शको स्पष्ट उल्लङ्घन हुने समेत स्मरण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण