बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा

सोमबार, ०२ असार २०८२, ११ : २०
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले असार १ गते प्रतिनिधिसभा बहिष्कार गरेको दिनको बैठक भत्ता अस्वीकृत गर्ने निर्णय गरेको छ।
  • संसद सचिवालयलाई पत्र पठाएर प्रमुख सचेतक ज्ञान बहादुर शाहीले भत्ता नलिने जानकारी गराउँदै उक्त भत्ता राजस्वमा फिर्ता गर्न अनुरोध गरेका छन्।
  • पार्टीले उठाएका मागहरू पूरा नभएको भन्दै बैठक बहिष्कार गरेको र सो बापतको भत्ता फिर्ता गर्ने निर्णय गरेको छ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले असार १ गते प्रतिनिधिसभा बहिष्कार गरेको दिनको बैठक भत्ता अस्वीकृत गर्ने निर्णय गरेको छ।

संसद सचिवालयलाई पत्र पठाएर प्रमुख सचेतक ज्ञान बहादुर शाहीले भत्ता नलिने जानकारी गराउँदै उक्त भत्ता राजस्वमा फिर्ता गरिदिन अनुरोध गरेका छन्।

शाहीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, 'हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध भएको समयमा पनि जबर्जस्ती बैठक सञ्चालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक बापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरी सहयोग गरिदिन अनुरोध छ।'

शाहीले आज पनि आइतबारकै शैलीमा बैठक सञ्चालन गरिए पार्टीले बहिस्कार गर्ने रातोपाटीलाई बताए । 

505475357_2165893163924754_6404929993126140938_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप