बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन मुक्तक

बिहीबार, ०५ असार २०८२, ०९ : ४३
बिहीबार, ०५ असार २०८२

नसोध मलाई घाटा या नाफामा छु
कसिङ्गर त हुँ म तिम्रै आँखामा छु
बिझ्न सक्छ नदेखेको काँडा पनि
होसियार ! मजदुरीको पाखामा छु ।
००

फूल दिएर उपहार छुरा धस्न खोज्नेलाई 
ठुला–ठुला कुरा गरी चिल्लो घस्न खोज्नेलाई 
खै के दिन सकिन्छ र उपहार मुस्कानबाहेक
आफैँले खनेको खाल्डोमा आफैँ पस्न खोज्नेलाई ।
००

उनको कोमल मुटु पत्थर भइदियो
लाग्छ बालुवाको पनि घर भइदियो
खै कसलाई के भनौँ र अब
साँच्चै बुद्ध पनि हिटलर भइदियो
००

अरूण गाउँपालिका–५ याकु, भोजपुर
हाल : विराटनगर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन ढकाल
मोहन ढकाल
लेखकबाट थप