तीन मुक्तक
बिहीबार, ०५ असार २०८२, ०९ : ४३
नसोध मलाई घाटा या नाफामा छु
कसिङ्गर त हुँ म तिम्रै आँखामा छु
बिझ्न सक्छ नदेखेको काँडा पनि
होसियार ! मजदुरीको पाखामा छु ।
००
फूल दिएर उपहार छुरा धस्न खोज्नेलाई
ठुला–ठुला कुरा गरी चिल्लो घस्न खोज्नेलाई
खै के दिन सकिन्छ र उपहार मुस्कानबाहेक
आफैँले खनेको खाल्डोमा आफैँ पस्न खोज्नेलाई ।
००
उनको कोमल मुटु पत्थर भइदियो
लाग्छ बालुवाको पनि घर भइदियो
खै कसलाई के भनौँ र अब
साँच्चै बुद्ध पनि हिटलर भइदियो
००
अरूण गाउँपालिका–५ याकु, भोजपुर
हाल : विराटनगर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण