क्लब विश्वकपमा म्यानचेस्टर सिटीको सहज जित
बिहीबार, ०५ असार २०८२, ०९ : २९
सारांश
- म्यानचेस्टर सिटीले क्लब विश्वकप फुटबलको पहिलो खेलमा विदाद एथ्लेटिक क्लबलाई २-० गोलले पराजित गर्यो।
- फिल फोडेन र डोकुले सिटीका लागि गोल गरे, जसमा फोडेनले खेलको सुरुमै गोल गरे।
- खेलको अन्तिम मिनेटमा रिको लुइस रातो कार्ड खाँदै मैदानबाट बाहिरिए, जसले गर्दा सिटी १० खेलाडीमा सीमित भयो।
एजेन्सी । प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर सिटीले क्लब विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले मोरक्कोको क्लब विदाद एथ्लेटिक क्लबलाई २-० गोल अन्तरले हराउँदै सिटीले सुखद सुरुवात गरेको हो ।
फिलाडेल्फियामा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेन, डोकुले एक–एक गोल गरे । फोडेनले खेलको दोस्रो मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२औँ मिनेटमा डोकुले गोल गर्दै टिमलाई २-० गोलको जित दिलाए ।
सिटी खेलको ८८औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । सिटीका रिको लुइस राटिकार्ड खादै मैदान बाहिरिएका थिए ।
आजको खेलमा जित निकाल्दै सिटीले समूह जी अन्तर्गत एक खेलबाट ३ अंक जोडेको छ । पराजित विदाद एथ्लेटिक क्लबले पहिलो खेल हारबाट सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण