शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

क्लब विश्वकपमा म्यानचेस्टर सिटीको सहज जित

बिहीबार, ०५ असार २०८२, ०९ : २९
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • म्यानचेस्टर सिटीले क्लब विश्वकप फुटबलको पहिलो खेलमा विदाद एथ्लेटिक क्लबलाई २-० गोलले पराजित गर्यो।
  • फिल फोडेन र डोकुले सिटीका लागि गोल गरे, जसमा फोडेनले खेलको सुरुमै गोल गरे।
  • खेलको अन्तिम मिनेटमा रिको लुइस रातो कार्ड खाँदै मैदानबाट बाहिरिए, जसले गर्दा सिटी १० खेलाडीमा सीमित भयो।

एजेन्सी । प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर सिटीले क्लब विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले मोरक्कोको क्लब विदाद एथ्लेटिक क्लबलाई २-० गोल अन्तरले हराउँदै सिटीले सुखद सुरुवात गरेको हो । 

फिलाडेल्फियामा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेन, डोकुले एक–एक गोल गरे । फोडेनले खेलको दोस्रो मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२औँ मिनेटमा डोकुले गोल गर्दै टिमलाई २-० गोलको जित दिलाए ।

सिटी खेलको ८८औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । सिटीका रिको लुइस राटिकार्ड खादै मैदान बाहिरिएका थिए । 

आजको खेलमा जित निकाल्दै सिटीले समूह जी अन्तर्गत एक खेलबाट ३ अंक जोडेको छ । पराजित विदाद एथ्लेटिक क्लबले पहिलो खेल हारबाट सुरुवात गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप