मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो फिल्म ‘रियाल रिङ्गेट’

सोमबार, ०२ असार २०८२

काठमाडौँ । वैदेशिक रोजगारीको कठोर यथार्थतामा आधारित फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक गरिएको छ । आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको २ मिनेटको टिजरमा नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई देखाइएको छ ।

रोजगारीको समस्याले बिदेसिन बाध्य नेपाली युवाहरूको पीडा र परिवारसँगको वियोग कथामा बनेको फिल्मको टिजरले विदेश यात्राको क्रममा विभिन्न षड्यन्त्रमा परेर चरम यातना भोगिरहेका युवाहरूको मार्मिक कथा समेत समेटिएको छ । यसले वैदेशिक रोजगारीको चम्किलो आवरणभित्र लुकेका अँध्यारा पाटोहरूलाई उजागर गर्छ । 

विभोर पोखरेलको निर्देशन रहेको फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतको अभिनय छ । फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

गगनलाल प्रधान निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन र राजीव समरको कोरियोग्राफी छ ।फिल्मका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीले संगीत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया