अवैध आप्रवासीको डिपोर्टेसन तीव्र पार्न ट्रम्पको निर्देशन
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रूपमा देशभित्र बसिरहेका आप्रवासीहरूको डिपोर्टेसन तीव्र पार्न निर्देशन दिएका छन् ।
सामाजिक सञ्जाल मञ्च ‘टुथ सोसल’मा उनले संघीय एजेन्सीहरूलाई भएभरको सबै तागत लगाएर इतिहासकै सबैभन्दा ठुलो एक्लो सामूहिक निर्वासन कार्यक्रम पूरा गर्न निर्देशन दिएका हुन् । जबकि उनको यो नीतिविरुद्ध विरोध प्रदर्शन भइरहेको छ ।
उनले यो निर्देशनमा लस एन्जलस, सिकागो र न्यूयोर्कलाई विशेष निशाना बनाएका छन् । जुन ६ मा कागजातबिहीन आप्रवासीहरूमाथि छापा मार्ने काम सुरु भएयता यी ठाउँमा बृहत् स्तरको प्रदर्शन धेरै भइरहेका छन् । यी विरोध प्रदर्शन दबाउन ट्रम्पले सेना परिचालन समेत गरेका थिए । उनको यो कदमले कानुनी चुनौती र आलोचना खेपिरहेको छ ।
यस प्रयासमा सम्भावित भएको सबै प्रयास गर्न र स्रोत लगाउन समग्र प्रशासनलाई आफूले निर्देशन दिएको ट्रम्पले बताएका छन् । ट्रम्पले अमेरिकाको घरेलु शान्तिलाई कम आँक्ने जोकोहीलाई देशभित्र प्रवेशमा निषेध गर्ने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण