अवैध आप्रवासीको डिपोर्टेसन तीव्र पार्न ट्रम्पको निर्देशन

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रूपमा देशभित्र बसिरहेका आप्रवासीहरूको डिपोर्टेसन तीव्र पार्न निर्देशन दिएका छन् ।
सामाजिक सञ्जाल मञ्च ‘टुथ सोसल’मा उनले संघीय एजेन्सीहरूलाई भएभरको सबै तागत लगाएर इतिहासकै सबैभन्दा ठुलो एक्लो सामूहिक निर्वासन कार्यक्रम पूरा गर्न निर्देशन दिएका हुन् । जबकि उनको यो नीतिविरुद्ध विरोध प्रदर्शन भइरहेको छ ।
उनले यो निर्देशनमा लस एन्जलस, सिकागो र न्यूयोर्कलाई विशेष निशाना बनाएका छन् । जुन ६ मा कागजातबिहीन आप्रवासीहरूमाथि छापा मार्ने काम सुरु भएयता यी ठाउँमा बृहत् स्तरको प्रदर्शन धेरै भइरहेका छन् । यी विरोध प्रदर्शन दबाउन ट्रम्पले सेना परिचालन समेत गरेका थिए । उनको यो कदमले कानुनी चुनौती र आलोचना खेपिरहेको छ ।
यस प्रयासमा सम्भावित भएको सबै प्रयास गर्न र स्रोत लगाउन समग्र प्रशासनलाई आफूले निर्देशन दिएको ट्रम्पले बताएका छन् । ट्रम्पले अमेरिकाको घरेलु शान्तिलाई कम आँक्ने जोकोहीलाई देशभित्र प्रवेशमा निषेध गर्ने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन