सीएसआईटीका विद्यार्थीले भोगिरहेको समस्या समाधान गर्न माग
सारांश
- सीएसआईटी विद्यार्थीहरूले समस्या समाधानको माग गर्दै डीनलाई ज्ञापनपत्र बुझाए।
- एसएसीएसले त्रिभुवन विश्वविद्यालयका डीनलाई ज्ञापनपत्र बुझाएको हो।
- शिक्षक नियुक्ति र कार्यक्रम संयोजक सम्बन्धी कार्यविधि पालनाको माग गरिएको छ।
काठमाडौँ । देशभरका सीएसआईटी विद्यार्थीहरूले भोगिरहेका समस्याहरूको समाधानको माग गर्दै डीनलाई ज्ञापनपत्र बुझाइएको छ। स्टुडेन्ट एसोसिएसन अफ कम्प्युटर साइन्स (एसएसीएस) ले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन शंकरप्रसाद खनाललाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापन पत्रमा बिएस्सी सीएसआईटी कार्यक्रम सञ्चालित कलेज तथा क्याम्पसहरूमा कार्यविधि अनुसार पूर्णकालिक शिक्षकलाई मात्र कार्यक्रम संयोजकको रूपमा नियुक्त गरिनुपर्ने प्रावधान उल्लङ्घन भएको जनाइएको छ। उक्त कार्यविधिको अक्षरशः पालना गरिनुपर्ने माग राखिएको हो ।
बीएस्सी सीएसआईटी सञ्चालन कार्यविधि अनुसार सम्बन्धित संस्थाले पाँच वर्षभित्रमा एमएस्सी सीएसआईटी स्नातक शिक्षक तथा योग्य कार्यक्रम संयोजक नियुक्त गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन माग गरेको हो। बीएस्सी सीएसआईटी कार्यक्रम संयोजक पदका लागि न्यूनतम योग्यता एमएस्सी सीएसआईटी मात्रै हुने व्यवस्था गर्नुपर्ने समेत माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण