कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
सोमबार, ०२ असार २०८२, १४ : ३७
सारांश
- काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेशल स्कुलमा इभी भ्यान दुर्घटना हुँदा कक्षा ४ मा अध्ययनरत एक बालिकाको मृत्यु भयो।
- दुर्घटनामा भ्यान स्कुलको गेट र पर्खालमा ठोक्किएको थियो, जसमा चालकसहित ७ जना घाइते भए।
- घाइते हुनेमा शिक्षक र विद्यार्थीहरू रहेका छन्, भने घाइतेहरूको उपचार भइरहेको छ।
काठमाडौँ । काठमाडौँको कलंकीस्थित इडिफाई इन्टरनेशल स्कुल कम्पाउन्ड भित्र ईभी भ्यान दुर्घटना भएको छ । पार्किङबाट बाहिर निस्कँदै गर्दा भ्यान दुर्घटना भएर कक्षा ४ मा अध्ययनरत ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए । उनको उपचारको क्रममा सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
भ्यान स्कुलको गेट र पर्खालमा ठोक्किँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा चालक ६० वर्षीय हर्कबहादुर खत्री, शिक्षक सुरज पोखरेल, विद्यार्थीहरू निकिशा डंगोल, ट्रिनिक्षा घर्तीमगर, सिम्रन खड्का, नौसिया थापा र ८ वर्षीया रेश्मा मोक्तान छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण