सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...

सोमबार, ०२ असार २०८२, १६ : १५
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • एमाले सांसद दामोदर पौडेलले रास्वपा सांसदहरूको विरोध प्रदर्शनलाई संसदीय मर्यादा विपरीत भएको बताए।
  • सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले जुत्ता-चप्पल खोलेर विरोध जनाएका थिए।
  • सांसद पौडेलले सभामुखको आसनअगाडि जुत्ता-चप्पल खोल्नु संसदीय परम्परा र मर्यादा विपरित भएको बताए।

काठमाडौँ । नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले सभामुखको आसन अगाडि रास्वपाका सांसदहरू जुत्ता चप्पल खोलेर विरोध गर्नु संसदीय मर्यादा विपरीत भएको बताएका छन् । उनले सोमबारको प्रतिनिधिसभा बैठक चलिरहेका बेला रास्वपा सांसदहरू जुत्ता चप्पल खोलेर बसेपछि नियम २६ नियमापत्ति गरेका हुन् । 

‘संसदमा संसदीय मर्यादा कायम गर्नुपर्दछ र कसैले विरोध गर्नुपर्‍यो भने उभिएर विरोध गर्ने परम्परा र व्यवस्था छ’, पौडेलले नियमापत्ति जनाउँदै भने, ‘तर सभामुखको आसनतर्फ जुत्ता चप्पल खोलेर, ध्यान गरेजस्तो गरेर विरोध गर्ने संसदीय मर्यादा भएन । त्यसैले संसदीय मर्यादा कायम गर्न म सम्माननीय सभामुखको ध्यानाकर्षण गराउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप