रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...
सोमबार, ०२ असार २०८२, १६ : १५
सारांश
- एमाले सांसद दामोदर पौडेलले रास्वपा सांसदहरूको विरोध प्रदर्शनलाई संसदीय मर्यादा विपरीत भएको बताए।
- सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले जुत्ता-चप्पल खोलेर विरोध जनाएका थिए।
- सांसद पौडेलले सभामुखको आसनअगाडि जुत्ता-चप्पल खोल्नु संसदीय परम्परा र मर्यादा विपरित भएको बताए।
काठमाडौँ । नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले सभामुखको आसन अगाडि रास्वपाका सांसदहरू जुत्ता चप्पल खोलेर विरोध गर्नु संसदीय मर्यादा विपरीत भएको बताएका छन् । उनले सोमबारको प्रतिनिधिसभा बैठक चलिरहेका बेला रास्वपा सांसदहरू जुत्ता चप्पल खोलेर बसेपछि नियम २६ नियमापत्ति गरेका हुन् ।
‘संसदमा संसदीय मर्यादा कायम गर्नुपर्दछ र कसैले विरोध गर्नुपर्यो भने उभिएर विरोध गर्ने परम्परा र व्यवस्था छ’, पौडेलले नियमापत्ति जनाउँदै भने, ‘तर सभामुखको आसनतर्फ जुत्ता चप्पल खोलेर, ध्यान गरेजस्तो गरेर विरोध गर्ने संसदीय मर्यादा भएन । त्यसैले संसदीय मर्यादा कायम गर्न म सम्माननीय सभामुखको ध्यानाकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण