श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित

समाचार सारांश
- श्याम झा र दिव्या थापाले 'मिस्टर र मिस एसइई सुपर मोडल २०२५' को उपाधि जिते।
- विजेताहरूले १ लाख रुपैयाँ, स्मार्टफोन, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र विभिन्न छात्रवृत्तिहरू प्राप्त गरे।
- प्रतियोगिता एसइई परीक्षा दिइसकेका युवा प्रतिभाहरूको आत्मविश्वास र क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
काठमाडौँ । ‘मिस्टर र मिस एसइई सुपर मोडल २०२५’ को उपाधि मिस्टरतर्फ श्याम झा र मिसतर्फ दिव्या थापाले जितेका छन् । एभरेस्ट इभेन्ट्सको आयोजना र एन प्लस प्रोफेसनलको प्रस्तुतिमा आयोजित प्रतियोगिताको यो चौथो संस्करण हो ।
शीर्ष विजेता दुवैले जनही १ लाख रुपैयाँ, स्मार्ट फोन र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसरको अलवा एभरेस्ट फिल्म एकेडेमीमा १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति, आशिका एकेडेमीबाट मेकअप कोर्स र फ्लाइटेक इन्टरनेशनलबाट एयर होस्टेस तालिमको छात्रवृत्ति प्राप्त गरेका छन् ।
प्रतियोगितामा निर्वाणप्रसाद कर्माचार्य र संवृद्धि सिलवाल फस्ट रनर अप, स्पर्श तण्डुकार र भेनस राई सेकेन्ड रनर अप, छिरिङ लामा र प्रनिशा खड्का थर्ड रनर अप, भिजन तामाङ र मुस्कान थापा फोर्थ रनर अप तथा प्रतिज्ञा चौधरी फिफ्थ रनर अप घोषित भए ।
त्यस्तै अभिव मल्ल ‘फेस अफ एसइई सुपर मोडल २०२५(पुरुष)’, आरियाना खड्का ‘फेस अफ एसइई सुपर मोडल २०२५(महिला)’, कुशल तामाङ र रोज शाक्य ‘ब्रान्ड एम्बासडर’, रिदम सिलवाल र प्रतिक्षा श्रेष्ठ ‘अर्गनाइजर च्वाइस’, प्रनिशा शाह ‘ब्युटी विथ ब्रेन’, परिना श्रेष्ठ ‘पब्लिक च्वाइस’ र कृञ्जल क्षेत्री ‘भ्युवर च्वाइस’ घोषित भए ।
एसइई परीक्षा दिइसकेका युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्दै उनीहरूको आत्मविश्वास, क्षमता र व्यक्तित्वलाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको कोरियोग्राफर सुगन्धा अधिकारी र अर्शु महर्जन रहेका थिए । प्रतियोगीको पहिरन डिजाइन आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनले गरेको आयोजक संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठले बताइन् ।