त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने

समाचार सारांश
- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काज बिदामा कडाइ गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
- उपकुलपति प्राडा खड्क केसीका अनुसार, मन्त्रिपरिषद् र राष्ट्रपतिबाट हुने नियुक्तिबाहेक अन्यत्रका लागि काज बिदा नदिइने भएको छ।
- प्राध्यापकहरू अन्यत्र नियुक्तिमा जान थालेपछि पठनपाठन प्रभावित भएको भन्दै त्रिविले काज बिदामा कडाइ गरेको हो।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले काज बिदामा कडाइ गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् र राष्ट्रपतिबाट बाहेक अरू नियुक्तिको लागि काज बिदा नदिने निर्णय गरेको उपकुलपति प्राडा खड्क केसीले जानकारी दिए ।
प्राध्यापकहरू काज बिदामा बसेर अन्यत्र जान थालेपछि त्रिविको पठनपाठन प्रभावित भएको भन्दै कडाइ गरिएको उपकुलपति केसीले बताए । प्राध्यापकहरू प्रदेश, गाउँपालिका, नगरपालिका र विभिन्न सङ्घ संस्थामा नियुक्ति खान थालेपछि पठनपाठन प्रभावित हुन थालेपछि काज बिदामा कडाइ गरिएको उनको भनाइ छ ।
त्रिविको शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० अनुसार काजमा पठाउन सकिने भन्ने व्यवस्था छ । उक्त प्रावधानलाई टेकेर शिक्षक कर्मचारीहरू अन्यत्र नियुक्ति खान जान थालेपछि त्रिविले कडाइ गरेको हो ।
कुनै शिक्षक वा कर्मचारीलाई विश्वविद्यालयको एक सङ्गठन वा निकायबाट अर्को सङ्गठन वा निकायमा र विश्वविद्यालय बाहिरको कुनै सरकारी वा गैरसरकारी कार्यालयमा काजमा पठाउन सकिने व्यवस्था गरेको थियो ।
स्थायी प्राध्यापकहरू काज सरुवा मागेर अन्यत्र जाने र विश्वविद्यालयमा करारमा राखेर व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । उक्त समस्यालाई समाधान गर्न भन्दै त्रिविले काज बिदामा कडाइ गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर