त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
सारांश
- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काज बिदामा कडाइ गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
- उपकुलपति प्राडा खड्क केसीका अनुसार, मन्त्रिपरिषद् र राष्ट्रपतिबाट हुने नियुक्तिबाहेक अन्यत्रका लागि काज बिदा नदिइने भएको छ।
- प्राध्यापकहरू अन्यत्र नियुक्तिमा जान थालेपछि पठनपाठन प्रभावित भएको भन्दै त्रिविले काज बिदामा कडाइ गरेको हो।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले काज बिदामा कडाइ गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् र राष्ट्रपतिबाट बाहेक अरू नियुक्तिको लागि काज बिदा नदिने निर्णय गरेको उपकुलपति प्राडा खड्क केसीले जानकारी दिए ।
प्राध्यापकहरू काज बिदामा बसेर अन्यत्र जान थालेपछि त्रिविको पठनपाठन प्रभावित भएको भन्दै कडाइ गरिएको उपकुलपति केसीले बताए । प्राध्यापकहरू प्रदेश, गाउँपालिका, नगरपालिका र विभिन्न सङ्घ संस्थामा नियुक्ति खान थालेपछि पठनपाठन प्रभावित हुन थालेपछि काज बिदामा कडाइ गरिएको उनको भनाइ छ ।
त्रिविको शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० अनुसार काजमा पठाउन सकिने भन्ने व्यवस्था छ । उक्त प्रावधानलाई टेकेर शिक्षक कर्मचारीहरू अन्यत्र नियुक्ति खान जान थालेपछि त्रिविले कडाइ गरेको हो ।
कुनै शिक्षक वा कर्मचारीलाई विश्वविद्यालयको एक सङ्गठन वा निकायबाट अर्को सङ्गठन वा निकायमा र विश्वविद्यालय बाहिरको कुनै सरकारी वा गैरसरकारी कार्यालयमा काजमा पठाउन सकिने व्यवस्था गरेको थियो ।
स्थायी प्राध्यापकहरू काज सरुवा मागेर अन्यत्र जाने र विश्वविद्यालयमा करारमा राखेर व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । उक्त समस्यालाई समाधान गर्न भन्दै त्रिविले काज बिदामा कडाइ गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण