‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

काठमाडौँ । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सोमबार सार्वजनिक गरिएको छ ।
भिडियोमा कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको गीतमा सिनेमाका मुख्य कलाकारहरू सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् ।
बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द गोविन्द भट्टले कोरेका हुन् । गायनमा गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन् । प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । सिनेमाको निर्देशन राज बहादुर सानेले गरेका हुन् ।
निर्देशक सानेले ‘सिटामोल’ले आफ्नो करिअर बदल्ने दाबी गरेका छन् । चलचित्रले नेपाली समाजको यथार्थ कथालाई प्रस्तुत गरेको निर्देशक सानेको भनाइ छ ।
चलचित्रमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गङ्गाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन रहेको सिनेमामा देव महर्जन र शंकर महर्जनको द्वन्द्व छ । सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीले साबेल समातेपछि... (तस्बिरहरू)
-
तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार