तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
सारांश
- सरकारले तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोग सम्बन्धी निःशुल्क सेवा दिने भएको छ।
- मुटु रोग सम्बन्धी उपचारका लागि विपन्न बिरामीले वडाको सिफारिससहित अस्पताल जानुपर्नेछ।
- महाधमनीको शल्यक्रिया, पेसमेकर तथा स्टेन्ट राख्ने र भल्वको उपचारमा एक लाखसम्म सहुलियत दिइनेछ।
काठमाडौँ । सरकारले मुटु रोग सम्बन्धी निःशुल्क सेवा तीन प्रदेशका १५ वटाबाट दिने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशका अस्पतालहरू मुटु रोग सम्बन्धी सेवा दिइरहेको छ ।
मुटुमा हुने स्वास्थ्य समस्याहरूमा महाधमनीको शल्यक्रिया, मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नुपर्नेमा, मुटुको भल्व पूर्णरुपमा क्षति भएको उपचारको लागि एक लाखसम्मको सहुलियत दिने गर्छ ।
यद्यपि यी स्वास्थ्य समस्या भएमा सेवा प्राप्त गर्नका लागि विपन्न बिरामीले स्थायी बसोबास भएको वडाको सिफारिस पत्रसहित सम्बन्धित अस्पतालमा जानुपर्ने स्वास्थ्य मन्त्रालय जनाएको छ ।
तीन प्रदेशका मुटुरोग सम्बन्धी सेवा दिने अस्पतालहरू यी हुन् ।
बागमती प्रदेश
–वीर अस्पताल
–त्रि.वि शिक्षण अस्पताल महाराजगन्ज
–पाटन अस्पताल
–कान्ति बाल अस्पताल
–शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र
–मनमोहन कार्डियो महाराजगन्ज
–मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर
–चितवन मेडिकल कलेज,चितवन
–बयोदा अस्पताल, बल्खु
–धुलिखेल अस्पताल काभ्रे
–भरतपुर अस्पताल भरतपुर
कोशी प्रदेश
–वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
–नोबेल मेडिकल कलेज विराटनगर
–न्युरो कार्डियो मल्टिस्पेसियालिटी
लुम्बिनी प्रदेश
–गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण