आज पास होला त सङ्घीय निजामती विधेयक ?
सारांश
- प्रतिनिधिसभाले 'सङ्घीय निजामती सेवा विधेयक २०८२' पारित गर्ने कार्यसूची सार्वजनिक गरेको छ।
- मन्त्री राजकुमार गुप्ताले विधेयकमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्, जसमा राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन पेस गरेको छ।
- विधेयकमा दुई वर्षे कुलिङ पिरियड, ६० वर्षे उमेर हद, उपसचिवसम्म मात्रै खुल्ला प्रतिस्पर्धा लगायतका व्यवस्था छन्, जसको कर्मचारीहरूले विरोध गरेका छन्।
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाबाट आज ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ पारित गरियोस् भन्ने कार्यसूची सार्वजनिक गरेको छ । आजको कार्यसूचीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
छलफल पछि पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आइतबार मात्रै समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।
समितिले केही नयाँ व्यवस्थामा पनि सहमति जुटाएको छ । दुई वर्षे कुलिङ पिरियड, ६० वर्षे उमेर हद, उपसचिवसम्म मात्रै खुल्ला लड्न पाउने, अतिरिक्त सचिव राख्नेलगायतका व्यवस्था समितिबाट पारित प्रतिवेदनमा छन् । नयाँ थपिएका केही व्यवस्थामा निजामती कर्मचारीहरूले विरोध गरेका छन् । मुख्यसचिव एकनारायण अर्यालकै नेतृत्वमा सचिवहरूले सच्याउन राजनीतिक नेतृत्वलाई दबाब दिएका थिए ।
यस्तो छ राज्य व्यवस्था समितिले प्रतिनिधिसभामा पेस गरेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० को सम्बन्धमा समितिको प्रतिवेदन :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण