बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

मेलिना र दिनेशको सहकायको ‘नाम के हो नानी’ सार्वजनिक

मङ्गलबार, ०३ असार २०८२, १५ : ४५
मङ्गलबार, ०३ असार २०८२

काठमाडौँ । मेलिना राई र दिनेश भारतीको स्वर रहेको गीत ‘नाम के हो नानी चन्द्र कुमारी’ सार्वजनिक भएको छ ।

गीतमा मोडलद्वय बिना राउत र सुमन योगीको अभिनय छ ।

टिन्ज क्रुको प्रस्तुति रहेको गीतमा वसन्त सापकोटाको शब्द संगीत छ भने मिक्सिङ मास्टरिङ जीवन बडुको रहेको छ । 

गीतको कोरियोग्राफर तथा निर्देशक सुरेश पाण्डे हुन् । देव दोर्जेले छायांकन गरेको गीतको भिडियोलाई अनिल विष्ट प्यूठानीले सम्पादन तथा कलर करेक्सन गरेका छन् । प्रिया नगरकोटीको मेकअप रहेको गीतमा देवराज र नवराजको डान्स ग्रुप छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप