मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपराध

उदयपुरको अमलचौरीमा दुई जनाको शव फेला

बुधबार, ०४ असार २०८२, ०८ : २७
बुधबार, ०४ असार २०८२

सारांश

  • उदयपुरको चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा एक युवक र एक बालिकाको शव फेला परेको छ।
  • प्रहरीका अनुसार, १४ वर्षीय किशोरी मञ्जु राईको शव बाटोमा र २८ वर्षीय रविन राई झुन्डिएको अवस्थामा फेला परेको हो।
  • प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ र शव उठाउने प्रक्रिया अघि बढाएको छ।

मोरङ । उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो ।

उनले भने, ‘अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको छ ।’ आज (बुधबार) बिहान मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा रविन झुन्डिएको अवस्थामा फेला परेको घटना स्थलबाट इन्स्पेक्टर राईले जानकारी दिए ।

बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुईसयमिटर नजिक केटा रबिनको शव भेटिएको इन्स्पेक्टर राईको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले दुईजनाको शव फेला परेको र इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरी शव उठाउनको लागि कानुनी प्रक्रिया अघि बढाएको जानकारी आएको बताए । उनले भने, ‘घटना किन घट्यो ? कसरी घट्यो ? कारण पत्ता लगाउन अनुसन्धान सुरु भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप