शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
मितेरी सहकारिकाे रकम अपचलन प्रकरण

कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार

मङ्गलबार, ०३ असार २०८२, १७ : ५०
मङ्गलबार, ०३ असार २०८२

सारांश

  • मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति बहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका छन्।
  • उनलाई नेपाल ल्याउन इन्टरपोलमार्फत पत्राचार गरिएको छ र उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।
  • प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, भण्डारीसहितले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको देखिएको छ।

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योति बहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका छन् । 

उनिविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका हुन् । पक्राउ परेको सूचना पाएसँगै उनलाई नेपाल ल्याउन इन्टरपोल मार्फत पत्राचार गरिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा उनिबिरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । मितेरीको रकम अपचलन गरेको भन्दै सो सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीमा) जाहेरी दिएका थिए ।

बर्दिया घर भएका ज्योति भण्डारी समेतले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

मितेरीको रकम अपचलनमा संलग्न आरोपमा नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङ र उनकी पूर्व पत्नी ज्योति गुरुङमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा गुरुङ, भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सो सहकारीबाट उनीहरूले १२ करोड ५१ लाख अपचलन गरेको आरोप छ ।

धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेको भेटिएको छ । 

  • सम्बन्धीत समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप