विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना

समाचार सारांश
- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा विपन्न नागरिकलाई लक्षित गरी कपडा बैंक स्थापना गरिएको छ।
- बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैंक नेपालको संयुक्त आयोजनामा बैंक स्थापना भएको हो। यसअघि देशका १६५ स्थानीय तहमा यस्ता बैंक स्थापना भइसकेका छन्।
- कपडा बैंकको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले पुराना कपडा पुनः प्रयोग गर्न मिल्ने गरी व्यवस्था मिलाइने बताए। कपडा सङ्कलन गरी विपन्न नागरिकलाई वितरण गरिनेछ।
बुटवल । विपन्न नागरिकलाई लक्षित गरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका प्राङ्गणमा कपडा बैङ्क स्थापना गरिएको छ। बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैङ्क नेपालको संयुक्त आयोजनामा कपडा बैङ्कको स्थापना गरिएको हो।
हुम्ला जुम्ला लगायत ग्रामीण दूरदराजका बस्तीमा गरी देशका विभिन्न भागमा १६५ स्थानीय तहमा क्लोथ एण्ड फुड बैङ्क स्थापना गरिएको अध्यक्ष कमल जिसीले जानकारी दिए ।वार्षिक रूपमा दुई करोड मूल्य बराबरका ३२ देखि ४० टन लुगा सङ्कलन गरिएको जिसीले बताए ।
कपडा बैङ्कको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले पुराना कपडालाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको छ ।
बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा स्थापना भएको कपडा बैङ्कमा कपडा सङ्कलन गरेर नगर भित्रका विपन्न नागरिक र तत्कालै आवश्यक पर्ने स्थानमा वितरण गरिने र थप स्थानमा बैङ्क स्थापना गर्दै लगिने बर्दघाट जेसिसका अध्यक्ष मोहन सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा
-
राजु पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बन कार्यान्वयन नगर्नू, काम गर्न दिनू
-
समयका पहिराहरू