विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
सारांश
- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा विपन्न नागरिकलाई लक्षित गरी कपडा बैंक स्थापना गरिएको छ।
- बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैंक नेपालको संयुक्त आयोजनामा बैंक स्थापना भएको हो। यसअघि देशका १६५ स्थानीय तहमा यस्ता बैंक स्थापना भइसकेका छन्।
- कपडा बैंकको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले पुराना कपडा पुनः प्रयोग गर्न मिल्ने गरी व्यवस्था मिलाइने बताए। कपडा सङ्कलन गरी विपन्न नागरिकलाई वितरण गरिनेछ।
बुटवल । विपन्न नागरिकलाई लक्षित गरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका प्राङ्गणमा कपडा बैङ्क स्थापना गरिएको छ। बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैङ्क नेपालको संयुक्त आयोजनामा कपडा बैङ्कको स्थापना गरिएको हो।
हुम्ला जुम्ला लगायत ग्रामीण दूरदराजका बस्तीमा गरी देशका विभिन्न भागमा १६५ स्थानीय तहमा क्लोथ एण्ड फुड बैङ्क स्थापना गरिएको अध्यक्ष कमल जिसीले जानकारी दिए ।वार्षिक रूपमा दुई करोड मूल्य बराबरका ३२ देखि ४० टन लुगा सङ्कलन गरिएको जिसीले बताए ।
कपडा बैङ्कको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले पुराना कपडालाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको छ ।
बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा स्थापना भएको कपडा बैङ्कमा कपडा सङ्कलन गरेर नगर भित्रका विपन्न नागरिक र तत्कालै आवश्यक पर्ने स्थानमा वितरण गरिने र थप स्थानमा बैङ्क स्थापना गर्दै लगिने बर्दघाट जेसिसका अध्यक्ष मोहन सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण