उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
बुधबार, ०४ असार २०८२, ११ : ०६
सारांश
- उपसभामुख इन्दिरा रानामगर चार दिने भ्रमणका लागि दक्षिण अफ्रिका प्रस्थान गरिन्।
- उनी प्रिटोरियामा लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिनेछिन्।
- भ्रमणको मुख्य उद्देश्य 'अफ्रिकामा लोकतन्त्रको पुनः परिकल्पना' विषयक संवादमा सहभागी हुनु हो।
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर चार दिने भ्रमणका लागि बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान गरेकी हुन् ।
उपसभामुख रानाले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनः परिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ । उनी जेठ ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण