‘धोका दियौ तिमीले’ गीतमा केकीको अभिनय
बुधबार, ०४ असार २०८२, १२ : २९
सारांश
- पुरानो गीत 'धोका दियौ तिमीले' नयाँ भर्सनमा सार्वजनिक, रोशन राईको आवाज रहेको छ।
- गीतमा बुद्धवीर लामाको शब्द र देवेश राईको एरेञ्जमेन्ट रहेको छ, विक्रम राईप्रति समर्पित।
- केकी अधिकारी र रोशन राईको अभिनय रहेको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन्।
काठमाडौँ । ३५ वर्ष पुरानो गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा आएको छ । शान्तिराम राईले सङ्गीत गरेको गीतमा ‘द भ्वाईस अफ नेपाल सिजन ६’ का फस्ट रनरअप रोशन राईले स्वर दिएका छन् ।
लुङ्टो क्रियशनको प्रस्तुति रहेको गीत बुद्धवीर लामाका शब्द छन् । पहिले यो गीतमा मेल भर्सनमा सरोज कुमार श्रेष्ठ र फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङले स्वर दिएका थिए ।
गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन् । स्व. विक्रम राई प्रति समर्पित गीतको एडिसनल सङ्गीत विक्रमले नै गरेका हुन् । जहाँ चर्चित गायिका मेलिना राईको स्वर छ ।
गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक स्वयम रोशनको अभिनय देख्न सकिन्छ । भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण