अपडेट
सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल
बिहीबार, ०५ असार २०८२, ११ : ४७

समाचार सारांश
- सभामुख देवराज घिमिरेले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रमुख सचेतक र कानुन मन्त्रीसँग संसद् अवरोधबारे छलफल गरे।
- रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय र अध्यागमनका कर्मचारीको संलग्नताको छानबिन माग गर्दै संसद अवरुद्ध गरेको छ।
- संसद् अवरोधका कारण बजेट र महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुन सकेको छैन। प्रतिनिधि सभाको बैठक आज ११ बजे बोलाइएको छ।
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले संसद् अवरोध हटाउने विषयमा छलफल गरेका हुन् ।
संसद्को चौथो दल रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय र अध्यागमन कार्यालयका कर्मचारीसमेत संलग्न रहेको भन्दै छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेको छ ।
संसद् अवरोधका कारण बजेटमाथिको छलफल र महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न सकेका छैनन् । आज ११ बजेलाई बोलाएको प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नुपर्नेमा श्रममन्त्रीको जोड
-
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
-
जेठमा १९ फिल्म सेन्सर : विदेशीकै वर्चस्व
-
‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक