संसद् बैठक
प्रतिनिधिसभामा रास्वपा र राप्रपाले विरोध जारी राख्ने
बिहीबार, ०५ असार २०८२, १३ : ०१
सारांश
- प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाले विरोध कायमै राख्ने भएका छन्।
- सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा रास्वपा र राप्रपाका प्रमुख सचेतकले विरोध जारी राख्ने बताए।
- आफूहरूको माग सम्बोधन नभएकाले अवरोध कायमै राख्ने रास्वपा र राप्रपाको भनाइ छ।
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफूहरूको विरोध कायमै राख्ने भएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूहरूको माग सम्बोधन नभएकाले अवरोधलाई कायमै राख्ने बताएका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण