संसद् बैठक
प्रतिनिधिसभामा रास्वपा र राप्रपाले विरोध जारी राख्ने
बिहीबार, ०५ असार २०८२, १३ : ०१
_19lTnYOzt9.jpg)
समाचार सारांश
- प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाले विरोध कायमै राख्ने भएका छन्।
- सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा रास्वपा र राप्रपाका प्रमुख सचेतकले विरोध जारी राख्ने बताए।
- आफूहरूको माग सम्बोधन नभएकाले अवरोध कायमै राख्ने रास्वपा र राप्रपाको भनाइ छ।
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफूहरूको विरोध कायमै राख्ने भएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूहरूको माग सम्बोधन नभएकाले अवरोधलाई कायमै राख्ने बताएका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
एमआरपीमा ९२ कम्पनीलाई करोड बढी जरिवाना, अझै कडाइ गर्ने विभागको अडान
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
-
सङ्कटमा थाई प्रधानमन्त्रीको कुर्सी, के हो विवाद ?