’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान

काठमाडौँ । ‘ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ द्वारा आयोजित ’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ को समापन कार्यक्रम नयाँ बानेश्वरस्थित कर्पोरेट कार्यालयमा सम्पन्न भएको छ ।
ब्रिटिस काउन्सिल नेपालकी कन्ट्री एक्जाम्स डाइरेक्टर तथा जनरल म्यानेजर प्रतिष्ठा थापा रायमाझीले प्रमुख अतिथि रहँदै यस्ता शैक्षिक यात्राले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा प्रणालीप्रति आकर्षित बनाउने बताइन् । विशेष अतिथि सुदर्शन सुवेदीले यस अभियानले देशभरिका विद्यार्थीलाई सही जानकारी र अवसर प्रदान गरेको उल्लेख गरे ।
ब्रिज इन्टरनेशनलका कार्यकारी अध्यक्ष भुवन गिरीले समर्पित टिम, अतिथि र सहभागीप्रति आभार व्यक्त गर्दै विद्यार्थी–केन्द्रित भविष्य योजनाबारे जानकारी गराए। अध्यक्ष महेश गिरीले संस्थाको प्रगति र अन्तर्राष्ट्रिय विश्वसनीयता उजागर गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।
नेपालगञ्जबाट सुरु भएको टुर देशका प्रमुख सहरहरू हुँदै काठमाडौँमा समापन भएको हो। हजारौँ विद्यार्थी सहभागी यस कार्यक्रममा अन्तर्राष्ट्रिय शिक्षा, छात्रवृत्ति, भाषा परीक्षा र कन्सल्टेन्सी सेवाबारे प्रत्यक्ष जानकारी दिइएको थियो । ब्रिज इन्टरनेशनलले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज