मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
सारांश
- इन्टर मियामीले क्लब विश्वकप २०२५ मा एफसी पोर्टोलाई २-१ ले पराजित गर्यो, ऐतिहासिक जित दर्ता गर्यो।
- खेलको १२औँ मिनेटमा पोर्टोले अग्रता लिए पनि, इन्टर मियामीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो।
- मेस्सीले फ्री-किकमार्फत गोल गरे र इन्टर मियामीका लागि ५० गोल पूरा गरे, जसले टोलीको सेमिफाइनल यात्रा बलियो बनायो।
काठमाडौँ । क्लब विश्वकप २०२५ मा इन्टर मियामीले युरोपेली क्लब एफसी पोर्टोविरुद्ध २–१ को ऐतिहासिक जित दर्ता गरेको छ। याे जितले इन्टर मियामीको प्रतियोगिताको यात्रा बलियो बनाएको छ ।
खेलको १२औँ मिनेटमै पोर्टोले पेनाल्टीमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा पछि परेको इन्टर मियामीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। ४७औँ मिनेटमा टेलास्को सेगोभियाले मार्सेलो वेगान्ड्टको पासमा पहिलो टचमै उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि खेलको ५४औँ मिनेटमा कप्तान लियोनल मेस्सीले बक्स बाहिरबाट फ्री–किकमार्फत शानदार गोल गर्दै इन्टर मियामीलाई २–१ को अग्रता दिलाए, जुन अन्तिम समयसम्म कायम रह्यो।
मेस्सीको यो गोल क्लब र देश मिलाएर उनको ६८औँ फ्री–किक गोल हो। त्यस्तै, इन्टर मियामीका लागि उनले ६१ खेलमै ५० गोल पुरा गरेका छन्, जुन बार्सिलोना (११९ खेल) र अर्जेन्टिना (१०७ खेल) मा भन्दा छिटो हो।
जितसँगै इन्टर मियामीले क्लब विश्वकपको समूह चरणमा राम्रो सुरुवात गरेको छ, र अबको खेलमा जित निकाल्न सके उनीहरू सेमिफाइनल यात्रा तर्फ अघि बढ्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण