राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
सारांश
- ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प समर्थकहरूलाई राष्ट्रपतिमाथि विश्वास गर्न आग्रह गरिन्।
- इरान-इजरायल युद्धमा अमेरिकाको संलग्नताको विषयमा ट्रम्पले दुई साताभित्र निर्णय लिने बताएकी छिन्।
- लेभिटले ट्रम्पको निर्णय क्षमताको प्रशंसा गर्दै उनले पहिलो कार्यकालमा शान्ति कायम गरेको उल्लेख गरिन्।
काठमाडौँ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पमाथि विश्वास गर्न ट्रम्प समर्थकहरूलाई आग्रह गरेकी छन्। इरान–इजरायल युद्धमा अमेरिका सामेल हुने कि नहुने भन्ने विषयमा ट्रम्पले दुई साताभित्र निर्णय लिने भनिसकेका छन्।
समर्थकहरूको चिन्ताबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्।’ उनले ट्रम्पका निर्णय क्षमताको प्रशंसा गर्दै भनिन्, ‘उनले पहिलो कार्यकालमा शक्ति प्रयोगमार्फत शान्ति कायम गरेर संसारलाई सुरक्षित राखेका थिए।’
उनका अनुसार इरानसँग वार्ताका प्रयासहरू हाल पनि जारी छन्, तर ट्रम्पले किन अझै वार्ताको ठूलो सम्भावना देखेका छन् भन्नेबारे उनले केही खुलाइनन्।
इरानमा सरकार परिवर्तनबारे अमेरिकी प्रशासनको नीति के हो भन्ने प्रश्नमा उनले भनिन्, ‘राष्ट्रपति ट्रम्पको मुख्य प्राथमिकता इरानलाई आणविक हतियार बनाउन नदिनु हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण