इरान इजरायल तनाव
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
शुक्रबार, ०६ असार २०८२, ०० : २३
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीचको युद्धमा अमेरिका सहभागी हुने कि नहुने भन्ने निर्णय दुई साताभित्र गर्ने भएका छन्।
- ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार ट्रम्पले इरानसँगको सम्बन्धबारे निर्णय लिनेछन्।
- ट्रम्पले इरानसँग वार्ताको सम्भावनालाई मध्यनजर गर्दै अमेरिकाको संलग्नताको बारेमा निर्णय लिने बताएका छन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्ने भएका छन् ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबिचको सङ्घर्षमा अमेरिका संलग्न हुने कि नहुने भन्ने निर्णय आगामी दुई साताभित्र लिनेछन्।
पत्रकारहरूसँग कुरा गर्दै लेभिटले ट्रम्पको भनाइ उद्धृत गर्दै भनिन्, “इरानसँग वार्ता हुने सम्भावना हेरेर म दुई साताभित्र निर्णय गर्छु कि अमेरिका यसमा सामेल हुने कि नहुने।”
इरान–इजरायलबीचको यो हालको युद्ध गएको शुक्रबार देखि सुरु भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण