शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय
अपडेट

कैलालीको कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगायो

शुक्रबार, ०६ असार २०८२, ०८ : ४७
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • कैलालीको मोहन्याल गाउँपालिकामा कोटाखोलाले ३४ वटा बाख्रा बगायो।
  • बाख्रा चराउन गएका बेला खोलाले बगाएको र प्रहरी घटनास्थलमा पुगेको छ।
  • प्रदेशमा वर्षा भइरहेको र विपद्को जोखिम रहेकोले सावधानी अपनाउन प्रहरीको अनुरोध छ।

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगाएको छ। आज बिहान बाख्रा चराउन लग्दा उक्त खोलाले बाख्रा बगाएको भन्ने खबर प्राप्त भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ। 

घटनाबारे थाहा पाएपछि प्रहरी टोली घटनास्थलमा गएको छ। घटनाबारे विस्तृत जानकारी आउन् बाँकी छ। 

प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको छ। पानीसँगै विपद्का घटना हुनसक्ने जोखिमलाई मध्य नजर गर्दै सावधानी अपनाउन प्रहरीले अनुरोध पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप