अपडेट
कैलालीको कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगायो
शुक्रबार, ०६ असार २०८२, ०८ : ४७
सारांश
- कैलालीको मोहन्याल गाउँपालिकामा कोटाखोलाले ३४ वटा बाख्रा बगायो।
- बाख्रा चराउन गएका बेला खोलाले बगाएको र प्रहरी घटनास्थलमा पुगेको छ।
- प्रदेशमा वर्षा भइरहेको र विपद्को जोखिम रहेकोले सावधानी अपनाउन प्रहरीको अनुरोध छ।
कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगाएको छ। आज बिहान बाख्रा चराउन लग्दा उक्त खोलाले बाख्रा बगाएको भन्ने खबर प्राप्त भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थाहा पाएपछि प्रहरी टोली घटनास्थलमा गएको छ। घटनाबारे विस्तृत जानकारी आउन् बाँकी छ।
प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको छ। पानीसँगै विपद्का घटना हुनसक्ने जोखिमलाई मध्य नजर गर्दै सावधानी अपनाउन प्रहरीले अनुरोध पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण