बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आठौँ 'म्याङ्‍गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ (तस्बिरहरू)

शुक्रबार, ०६ असार २०८२, ०९ : ५५
शुक्रबार, ०६ असार २०८२

सारांश

  • स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले म्याङ्गो राइड सुरु भएको छ। कार्यक्रमको उद्घाटन कुलमान घिसिङले गरे।
  • ललितपुरको जाउलाखेलबाट सुरु भएको राइड खुलेखानी, हेटौँडा, बर्दिबास हुँदै विभिन्न स्थानमा पुग्नेछ।
  • राइडमा ८० भन्दा बढी रोयल इन्फिल्ड राइडर सहभागी छन्, जसमा डाइरेक्टर अमनप्रताप सिंह र कलाकार कर्माको समेत सहभागिता रहेको छ।

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको म्याङ्गो राइड सुरु भएको छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राइडको उद्घाटन गरेका छन् ।

स्थानीय अर्ग्यानिक आँपको प्रवर्द्धन गर्ने उद्देश्यले राइडको आयोजना भएको हो । द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको आयोजनामा भएको राइड ललितपुरको जाउलाखेलबाट सुरु भएको हो ।

राइड पहिलो दिन खुलेखानी हेटौँडा(पथलैया हुँदै बर्दिबास पुग्नेछ । दोस्रो दिन बर्दिबासको म्याङ्गो फार्म अवलोकन हुनेछ । त्यसपछि गाईघाट भिमान हुँदै फेरि बर्दिबास पुग्नेछ । तेस्रो तथा अन्तिम दिन बर्दिबासबाट हेटौँडा हुँदै टीकाभैरवमा राइड समाप्त हुनेछ ।

हन्ड्रेड्स ग्रुपको सहआयोजना रहेको राइडमा ८० भन्दा बढी रोयल इन्फिल्ड राइडर सहभागी छन् । जसमा डाइरेक्टर अमनप्रताप सिंह, कलाकार कर्मालगायत प्रोफेसनल राइडरहरु सहभागी छन् ।

mango ride (1)mango ride (2)mango ride (3)mango ride (4)mango ride (5)mango ride (6)mango ride (7)mango ride (8)mango ride (9)mango ride (10)mango ride (11)mango ride (12)mango ride (13)mango ride (14)mango ride (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप