प्राकृतिक प्रकोप
पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
शुक्रबार, ०६ असार २०८२, ११ : ११
सारांश
- पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा बस फस्दा २७ जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।
- काठमाडौँबाट दाङ जाँदै गरेको बस गए राति १२ बजे खोलामा फसेको थियो, उद्धार १० मिनेटमै सकिएको थियो।
- डीएसपी विनोद कार्कीको नेतृत्वमा सशस्त्र प्रहरी बलको टोलीले यात्रुको उद्धार गरेको र सबै यात्रुको अवस्था सामान्य छ।
काठमाडौँ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा बससँगै फसेकामध्ये २७ जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । विनयत्रिवेणी गाउँपालिका–१ दुम्किबास स्थित खोलामा पानीको बहाव बढेपछि बसमा सवार यात्रुहरू फसेका हुन् । काठमाडौँबाट दाङ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस गए राति १२ बजे सो खोलामा फसेको थियो ।
यात्रुहरूलाई सशस्त्र प्रहरी बलको नम्बर–३१ गुल्मबाट खटिएका डीएसपी विनोद कार्की नेतृत्वको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
उद्धार सकिएको करिब १० मिनेटमा खोलाले बस बगाएको छ । उद्धार ढिलाइ भएको भएमा मानवीय क्षति हुने जोखिम रहेको डीएसपी थापाले जानकारी दिए । उनले भने, ‘सबै यात्रुको अवस्था सामान्य छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण