फिल्म 'खाली सिसी नयाँ कागज'मा विदेश मोह र पीडा
शुक्रबार, ०६ असार २०८२, ११ : ३६
सारांश
- शैलेन्द्र बज्राचार्यको निर्देशन रहेको लघु फिल्म 'खाली सिसी नयाँ कागज' सार्वजनिक भयो।
- फिल्मले युवा पुस्ताको विदेश मोह र वृद्धवृद्धाहरूको एक्लोपनको कथालाई उजागर गर्छ।
- मुकुन्द श्रेष्ठ, रचना सिंह लगायतका कलाकारको अभिनय रहेको यो फिल्म म्युजिक नेपालबाट सार्वजनिक भएको हो।
काठमाडौँ । शैलेन्द्र बज्राचार्यको लेखन तथा निर्देशन रहेको लघु फिल्म ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक गरिएको छ । युवा पीढीमा रहेको विदेशी मोह र विदेश बसाइँको कारण कारण नेपालमा वृद्ध वृद्धाहरूले भोग्नु परेको एक्लोपन र मानसिक तनाव फिल्मले कथाको रूपमा उठाएको छ ।
मुकुन्द श्रेष्ठ, रचना सिंह, अफ्शान पन्थी, रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला राना लगायतको अभिनय रहेको फिल्म युवाहरूमा सन्देश दिने उद्देश्यले निर्माण भएको हो ।
किरण श्रेष्ठ र सन्दीप श्रेष्ठको सम्पादन, नीराजन सेंधाइको छायाङ्कन रहेको फिल्म म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुतिमा बनेको हो । फिल्म म्युजिक नेपाल इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बाहिर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण