दोस्रो सातामा ‘महाभोज’, धमाधम फिल्म हेर्दै कलाकर्मी
सारांश
- फिल्म 'महाभोज' प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ, जसमा नेता, साहित्यकार र कलाकारको सहभागिता रह्यो।
- वरिष्ठ कलाकारहरूले फिल्ममा सहकारी संकटको मार्मिक कथा प्रस्तुत गरिएको र यसले दर्शकको मन जितेको प्रतिक्रिया दिए।
- दिनेश राउत निर्देशित फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘महाभोज’ आज शुक्रबारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । फिल्म विभिन्न नेता, साहित्यकार र सेलिब्रेटीले हेरिरहेका छन् । बिहीबार साँझ पनि लबिम मलस्थित क्यूएफएक्स हलमा फिल्मको विशेष शो राखिएको थियो ।
जसमा वरिष्ठ निर्देशक नीर शाह, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू दिया मास्के, स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेतसहित थुप्रै कलाकर्मीले फिल्म हेरेका थिए ।
फिल्म हेरेपछि सबैले अहिलेको समयमा सहकारी संस्थाले भोगिरहेको सङ्कटको कथा फिल्मले मार्मिक रूपमा उठाएको बताए । सर्वसाधारणले बचत गरेको सहकारीको रकमलाई नेताले राजनीति उद्देश्य पुरा गर्न खर्च गर्दा यसले बचतकर्ता मारमा परेको फिल्मको कथाले आफ्नो मन छोएको धेरैको धारणा थियो ।
कार्यक्रममा वरिष्ठ अभिनेता तथा निर्देशक शाहले ‘महाभोज’ ले नेपाली समाजको कथा सरल तर प्रभावकारी ढङ्गले उठाएको बताए । ‘म सधैँ फिल्म हेर्दा कथा, प्रविधि, अभिनय लगायत सबै पक्षको विश्लेषण गर्छु । ‘महाभोज’ ले ती सबै पक्षलाई सन्तुलित रूपमा प्रस्तुत गरेको छ’, उनले थपे ।अभिनेता दयाहाङ राईले ‘महाभोज’ मा आफूले निर्वाह गरेको भूमिकालाई हेर्दा डर लाग्ने अनुभव भए पनि फिल्मले त्यो डर जितेको बताए ।
अभिनेत्री स्वस्तिमा खड्काले फिल्मले मन छोएको बताइन् । उनले फिल्मले उठाएका विषय वस्तु सान्दर्भिक भएको धारणा राखिन् । अभिनेत्री दिया, निर्देशक निश्चलले पनि फिल्म मन परेको बताए ।
दिनेश राउत निर्देशित ‘महाभोज’ हिमाल कडरियाले निर्माण गरेका हुन् । फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण