तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले प्रमुख तीन दलको बैठकमा दैलेखको जलजलेमा भेटिएको मिथेन ग्याँसको भण्डारण भेटिएको विषयमा चर्चा गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्री ओलीले सुरुमै पेट्रोलियम पदार्थको अन्वेषणमा भएको प्रगतिबारे प्रफुल्ल मुद्रामा शेर बहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई ब्रिफिङ गरेका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीले अब नेपाल आर्थिक रूपमा कायापलट हुने बताएको सहभागी नेता खेमलाल देवकोटाले रातोपाटीलाई जानकारी दिए ।
‘आज प्रधानमन्त्रीज्यू बडो प्रफुल्ल रूपमा बैठकमा प्रस्तुत हुनुभएको थियो । सुरुमै दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको भण्डारणबाट ब्रिफिङ गर्नुभएको थियो । यसले नेपाल आर्थिक रूपमा कायापलट हुन्छ भन्नुभयो । आफूले थालेको अन्वेषण प्रक्रियालाई अगाडि बढाउन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजी र प्रचण्डजीको पनि योगदान रहेको चर्चा गर्नुभयो । हामी तीनै जनाको प्रमुख भूमिका रहेको भन्नुभयो । पूर्वप्रधानहरूमन्त्रीले पनि दिल खोलेर बोल्नुभएको थियो’, देवकोटाले भने ।
चीनको जिओलोजिकल सर्वे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । प्रतिवेदन अनुसार जलजले क्षेत्रमा मिथेन ग्यासको विशाल भण्डारण रहेको तथ्य उजागर गरेको थियो ।
ओली प्रधानमन्त्री रहेका बेला २०७८ वैशाखमा अन्वेषण प्रक्रिया अगाडि बढाएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणका आधारमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको थियो ।
जम्मा चार वटा सम्भावित क्षेत्रमध्ये एक ठाउँको मात्रै प्रारम्भिक नतिजा रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । बाँकी तीन क्षेत्रको प्रारम्भिक अनुमानअनुसार उक्त क्षेत्रमै कूल चार सय ३० अर्ब घनमिटर ग्यास रहेको हुनसक्ने अनुमान गरिएको छ ।
यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्न सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण