योगले राष्ट्रिय एकता र आपसी भाइचारा बढाउन समेत मद्दत पुग्छ : संस्कृति मन्त्री पाण्डे
सारांश
- मन्त्री बद्रीप्रसाद पाण्डेले योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पत्ति भएको बताए। यसले व्यक्ति, परिवार, समाज र संस्थालाई राष्ट्रिय भावनामा जोड्छ।
- मन्त्री पाण्डेले योगको माध्यमबाट स्वस्थ, शान्त र अनुशासित नागरिक विकास गर्न सकिने बताए। यसले व्यक्तिको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउँछ।
- उनले योगले शरीर, मन, भावना र चेतनालाई जोड्ने बताए र अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पत्ति भएको बताएका छन् । शनिबार ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले योगको माध्यमबाट व्यक्ति, परिवार, समाज र संस्थासँग जोड्दै यी सबैलाई राष्ट्रिय भावमा एकताबद्ध गरी राष्ट्रिय एकता र आपसी भाइचारा बढाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
अभ्यास गरी प्राप्त हुँदै आएको योग सम्बन्धी ज्ञान, सोको अभ्यासमार्फत सबै मानिसका लागि उपयोगी योगका विभिन्न विधिहरू आफ्नै भूमिबाट विकास हुँदै क्रमशः विश्वस्तरमा फैलिएको उनको भनाई थियो । योगको समुचित उपयोगबाट नै हाम्रो काम, कर्तव्य र व्यवहारमा सुधार गरी व्यक्तिको सृजनशीलता र नवप्रवर्तनमा समेत थप योगदान गर्न सकिने बताउनु भयो । योगको माध्यमबाट स्वस्थ, शान्त र अनुशासित नागरिक विकास गर्न र यसकै माध्यमबाट स्वस्थ एवं सभ्य समाज निर्माण गर्न सकिने उल्लेख गरे ।
उनले भने, ‘योगको माध्यमबाट व्यक्ति र परिवारलाई समाज र संस्थासँग जोड्दै यी सबैलाई राष्ट्रिय भावमा एकताबद्ध गरी राष्ट्रिय एकता र आपसी भाइचारा बढाउन समेत मद्दत पुग्ने देखिन्छ । हामीले अभ्यास गरी प्राप्त हुँदै आएको योग सम्बन्धी ज्ञान, सोको अभ्यासमार्फत सबै मानिसका लागि उपयोगी योगका विभिन्न विधिहरू हाम्रो आफ्नै भूमिबाट विकास हुँदै क्रमशः विश्वस्तरमा फैलिएको भन्ने कुरा सहजै भन्न सक्छौँ । योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पत्ति हो । यसको समुचित उपयोगबाट नै हाम्रो काम, कर्तव्य र व्यवहारमा सुधार गरी व्यक्तिको सृजनशीलता र नवप्रवर्तनमा समेत थप योगदान गर्न सकिन्छ । सुधार ल्याउन सकिन्छ । योगको माध्यमबाट स्वस्थ, शान्त र अनुशासित नागरिक विकास गर्न र यसकै माध्यमबाट स्वस्थ एवं सभ्य समाज निर्माण गर्न सकिन्छ । यस क्षेत्रमा भएका प्रयोग र सकारात्मक कदमलाई समय सापेक्ष सुधार गरी व्यक्तिको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन आजको दिनले सबैलाई प्रेरणा दिनेछ ।’
मन्त्री पाण्डेले योग मानवका लागि जीवन उपयोगी रहेको बताए । योगका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक, मनोवैज्ञानिक, भावनात्मक विकासको मार्ग प्रशस्त हुने जिकिर गरे ।
उनले योगले शरीर, मन, भावना र चेतनालाई जोड्ने बताए । सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने आदर्श वाक्यसहित आज अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण