भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग
सारांश
- माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरेका छन्।
- उनले सदनमा भएको २ बुँदे सहमति कार्यान्वयन गर्दै एक महिनाभित्र छानबिन समिति गठन गर्न आग्रह गरे।
- भिजिट भिसा प्रकरणका कारण सदन अवरुद्ध भएपछि माओवादीसँग २ बुँदे सहमति भएको थियो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको विभिन्न शीर्षकको छलफलमा भाग लिँदै पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय समस्या भएकाले माओवादीसँग भएको २ बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अविलम्ब छानबिन समिति गठन गर्न माग गरेका हुन् ।
एक महिनाभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता गृहमन्त्रीले रोष्ट्रमबाटै गरेकाले ढिलाइ नगर्न उनले आग्रह गरे । पाण्डेले भिजिट भिसा प्रकरणमा २ बुँदे सहमति गरेपछि पनि अहिलेसम्म समस्या समाधान नभएको धारणा राखे ।
यसअघि भिजिट भिसा प्रकरणका कारण निरन्तर सदन अवरुद्ध भएपछि आवश्यक अध्ययन एवं छानबिन गर्ने प्रतिबद्धता जनाउँदै सत्तापक्षले माओवादीसँग २ बुँदे सहमति भएको थियो । सहमतिसँगै माओवादीले विरोधका कार्यक्रम रोकेपनि रास्वपा र राप्रपाले भने छानबिन समितिको माग गर्दै सदनमा निरन्तर विरोध जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण