इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने भएपछि अमेरिकाले चीनलाई गुहार्यो
सारांश
- इरानले होर्मुज स्ट्रेट बन्द गर्ने बताएपछि अमेरिकी विदेशमन्त्रीले चीनलाई हस्तक्षेप गर्न आग्रह गरे।
- इरानी संसद्ले जलमार्ग बन्द गर्ने प्रस्ताव पारित गरेको रिपोर्ट आएपछि रुबियोको यस्तो भनाइ आएको हो।
- विश्लेषकहरूका अनुसार यो कदम इरानको अर्थतन्त्रका लागि जोखिमपूर्ण हुने र विश्व अर्थतन्त्रमा समेत असर पार्नेछ।
वासिङ्टन डिसी । इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने बताएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनलाई यसबारे पहल गर्न आग्रह गरेका छन् । स्ट्रेट अफ होर्मुज विश्वको करिब एक चौथाइ तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग हो।
रुबियोको टिप्पणी इरानी राज्य सञ्चालित टेलिभिजनको रिपोर्टपछि आएको हो, जसमा इरानको संसद्ले पर्सियन गल्फको प्रवेशद्वारमा पर्ने यो साँघुरो जलमार्ग बन्द गर्ने प्रस्ताव पारित गरेको भनिएको थियो ।

रुबियोले फक्स न्युजमामा भने, ‘म चिनियाँ सरकारलाई आग्रह गर्छु कि उनीहरूले (इरानलाई) फोन गरेर सो कदम नचाल्न सम्झाउन्, किनभने चीन आफैँ पनि स्ट्रेट अफ होर्मुजमा धेरै हदसम्म निर्भर छ।”
उनले चेतावनी दिँदै थपे, ‘यदि इरानले यस्तो गर्छ भने त्यो ठुलो गल्ती हुनेछ। त्यो त उनीहरूको आर्थिक आत्महत्या सरह हुनेछ।’
विश्लेषकहरूका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अधिकार इरानी संसद्को नभएर सुरक्षा निकायहरूसँग रहन्छ। साथै, इरान आफैँ पनि आफ्ना निर्यात र अर्थतन्त्रका लागि यो मार्गमा निर्भर भएकाले यस्तो कदम इरानका लागि पनि अत्यन्त जोखिमपूर्ण हुनसक्छ।
यदि स्ट्रेट अफ होर्मुजमा आपूर्ति अवरुद्ध भयो भने त्यसले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्नेछ। तेलको मूल्य आकस्मिक रूपमा बढ्ने सम्भावना छ, जसको प्रत्यक्ष मार चीन, भारत, जापानजस्ता प्रमुख आयातकर्तामा पर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण