जगदुल्लाको ठेक्कामा मन्त्रालयले अनियमितता र चलखेल गरेको छैन : ऊर्जामन्त्री खड्का
सारांश
- ऊर्जा मन्त्री दीपक खड्काले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा कुनै अनियमितता नभएको दाबी गरे।
- विपक्षी सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै, मन्त्रीले मन्त्रालयको संलग्नता नभएको र कम्पनीले नै प्रक्रिया पूरा गरेको बताए।
- मन्त्रीले ठेक्का प्रक्रिया अनलाइन प्रणालीमा हुने र मन्त्रालयको हस्तक्षेप सम्भव नभएको बताए, तर लेखा समितिले ठेक्का रोक्न निर्देशन दिएको छ।
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा कुनै पनि अनियमितता नभएको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयको बजेट र सांसदहरूले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा अनियमितता भएको विषयमा मागेको जवाफका विषयमा संसदमा जवाफ दिँदै यस्तो दाबी गरेका हुन् ।
ऊर्जामन्त्री खड्कालाई प्रमुख प्रतिपक्ष दलका सांसदहरुले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा अनियमितता गरेको भन्दै जवाफको माग गरेका थिए । मन्त्री खड्काले संसदमा उक्त विषयमा मन्त्रालयको संलग्न नभएको भन्दै जगदुल्ला हाइड्रोपावर कम्पनीले नै सबै प्रक्रिया पूरा गरी ठेक्का अवार्ड गरेको जवाफ दिए ।
उनले कम्पनीको ठेक्काको काम कम्पनीले गर्ने भएकाले मन्त्रालयले कुनै हस्तक्षेप नगरेको बताए । उनले भने, ‘विभिन्न सञ्चार माध्यममा आएका समाचार र उजुरीपछि चासो राखेका थियौँ। ४ वटाले इच्छा देखाएको, दुईवटा पास भएको र तीमध्ये कम पैसामा काम गर्छु भन्नेले पाएको हो। यो प्रक्रियागत रूपमा काम भएको उहाँहरूले भन्नुभएको छ ।’
उनले ठेक्का आफूले नपाउनेहरूले विभिन्न ठाउँमा पुगेको र रद्द हुँदा पाइन्छ भनेर विभिन्न ठाउँमा उजुरी दिएको दाबी गरे । उनले कम्पनी ठेक्का अनलाइन प्रणालीमा हुने भएकाले मन्त्रालयले चलखेल गर्न सम्भवै नभएको उल्लेख गरे । जगदुल्ला हाइड्रोपावरको ठेक्का प्रक्रिया विवादित भए पनि संसद्को लेखा समितिले समेत ‘तत्काल रोक्न’ निर्देशन जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
-
रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु
-
बजेट नआए पनि सुदूरपश्चिममा नियमित प्रशासनिक काम राेकिँदैनन् : अर्थमन्त्री धामी
-
बागमतीमा कम्युनिस्ट गठबन्धनलाई प्राथमिकता दिने दुई दलको नीति
-
स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण