हेटौँडामा नेकोस कप राष्ट्रिय स्केटिङ प्रतियोगिता सम्पन्न
सारांश
- हेटौँडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भयो, जसमा विभिन्न विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरे।
- प्रतियोगितामा १२ वर्ष मुनिका र माथिका महिला तथा पुरुष खेलाडीहरू सहभागी थिए, र विजेताहरूलाई नगद, शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरियो।
- मकवानपुरको बागमती गाउँपालिका अध्यक्षको उपस्थितिमा सुरु भएको प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरियो।
हेटौँडा । हेटौँडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको आयोजनामा हेटौँडास्थित हेटौँडा स्केट पार्कमा सुरु भएको प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा चार विधा अन्तर्गत १२ वर्ष मुनिका र १२ वर्ष माथिका महिला, पुरुषहरु सहभागी भएका थिए । जस अन्तर्गत पुरुषतर्फ १२ वर्ष मुनि डिकन महतरा प्रथम, आयुस स्याङ्ग्तान द्धितिय भएका छन् । त्यस्तै १२ वर्ष माथिको विधामा बज्र दोङ प्रथम, सुनिल लामा द्धितिय र आयुस रुम्बा तृतीय भएका छन् ।
महिलातर्फ १२ वर्ष मुनि सुरक्षा प्रधान प्रथम, कल्पना राई द्वितीय, समिस्ता प्रधान तृतीय भएका छन् । १२ वर्ष माथिको विधामा काठमाडौँकी मुस्कान मगर प्रथम, नायना शाक्य द्वितीय, आयुश्मा शाही ठकुरी तृतीय भएका छन् ।
उक्त प्रतियोगितामा महिलातर्फ १२ वर्ष मुनि रश्मी सूचिकार, १२ वर्ष माथि निशिका लामा र पुरुषतर्फ १२ वर्ष माथि सुशील श्रेष्ठ उत्कृष्ट स्केटर खेलाडी बन्न सफल भएका छन् ।
करिब १०० जनाको सहभागिता रहेको उक्त प्रतियोगितालाई मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष शर्केस घलानले उद्घाटन गरेका थिए ।
उक्त प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमशः दश हजार, पाँच हजार र तिन हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका महासचिव सत्य थापाले जानकारी दिए ।
साथै प्रतियोगिताका प्रत्येक विधाका उत्कृष्ट स्केटर खेलाडीहरूलाई ट्रफि, प्रमाणपत्रसहित नगद दुई हजार प्रदान गरिएको महासचिव थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण