प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर
सोमबार, ०९ असार २०८२, १६ : ०२
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- लेखा अधिकृत शंकरप्रसाद सुवेदी र तृप्ति शाही ठकुरीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ।
- कुमारी बैंकका तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीन जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैङ्क दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ति शाही ठकुरी भन्ने तृप्ति शाही विरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको छ ।
यसैगरी अस्पतालमा रहेको कुमारी बैङ्कका एक्सटेन्सन काउन्टरको तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण