विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त
सोमबार, ०९ असार २०८२, २१ : २९
सारांश
- नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा इन्जिनियर रोहित पौडेल नियुक्त भएका छन्।
- ऊर्जा मन्त्री दीपक खड्काले पौडेललाई खोटाङ हलेसी तुवाचुङ नगरपालिकाबाट नियुक्त गरे।
- पौडेल वित्त र परियोजना व्यवस्थापनमा स्नातकोत्तर हुन् र जलविद्युत् क्षेत्रमा अनुभवी छन्।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इन्जिनियर रोहित पौडेल नियुक्त भएका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज प्राधिकरण सञ्चालक समितिको सदस्यमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–९ का पौडेललाई नियुक्त गरेका हुन् ।
मन्त्री खड्काले पौडेललाई उद्योग, वाणिज्य तथा वित्त क्षेत्रबाट सदस्यमा नियुक्त गरेका हुन् । काठमाडौँ विश्वविद्यालयबाट वित्त र परियोजना व्यवस्थापनमा स्नातकोत्तर पौडेल पेसिडेन्सियल ग्र्याजुएट स्कुलको परियोजना व्यवस्थापन विषयमा प्राध्यापन गर्दै आएका थिए ।
नवनियुक्त सदस्य पौडेलसँग निर्माण र जलविद्युत्को क्षेत्रमा झन्डै एक दशक काम गरेको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण