छानबिन समिति बनेपनि रास्वपा र राप्रपाद्वारा सदन बहिस्कार
सारांश
- भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन भएपछि रास्वपा र राप्रपाले असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा बैठक बहिष्कार गरे।
- दुवै दलले गृहमन्त्रीको राजीनामा र निष्पक्ष छानबिनको माग गर्दै आएका छन्, तर सरकारले छानबिन समिति गठन गरेको छ।
- पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले अल्पकालीन र दीर्घकालीन सुधारका लागि सुझाव दिनेछ।
काठमाडौँ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन भएपनि त्यसप्रति असन्तुष्टि जनाउँदै दुई दलले मंगलबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।
रास्वपा र राप्रपाले अहिले बनेको उच्चस्तरीय छानबिन समितिले लक्ष्यअनुरुप नतिजा दिन नसक्ने भन्दै सदनमा आफ्नो कुरा राखेर सदन बहिस्कार गरेका हुन् ।
यी दुई दलले समय भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका साथै साथै सत्य तथ्य छानबिनको माग गर्दै आएका छन् । तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेपनि दुई दलले विरोधलाई निरन्तरता दिएका हुन् । समितिको नेतृत्वमाथि नै दुई दलले अविश्वास प्रकट गरेको छ ।
पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा बनाइएको ७ सदस्यीय समितिमा अर्थ मन्त्रालयका सहसचिव तिर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन् । समितिको सदस्यसचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा गराएको जानकारी अनुसार समितिलाई नौ बुँदे कार्यादेश दिइएको छ । समितिले अल्पकालीन, दीर्घकालीन, कानुनी र संस्थागत सुधारका लागि सुझाव दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण