२०३२ सालमा बनेको ट्रलीबसको ११ तथ्य
१) चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो । ओभरहेड तारबाट ऊर्जाले चार्ज हुँदै ट्रलीबस चल्यो । काठमाडौँको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म १३ किलोमिटर रुटमा ट्रलीबस चल्ने गर्थ्यो ।
२) ट्रलीबस निर्माण भएको १२ वर्षसम्म राम्रोसँग सञ्चालन भयो तर २०४४ बाट थला पर्ने अवस्थामा पुग्यो । भर्तीकेन्द्र बन्दै गएपछि ट्रलीबस सेवा घाटामा गएर थलिएको बताइन्छ ।
३) २०५३ सालमा काठमाडौँ महानगर, ललितपुर उपमहानगर र भक्तपुर नगरपालिकाले ‘स्मार्ट सिटी’को अवधारणा अनुसार सहर विकास योजना बनाउन ट्रलीबस सञ्चालनको जिम्मा लिएका थिए । तिनले पनि सञ्चालन गर्न नसकेपछि २०६६ सालबाट सेवा पूर्णतः बन्द हुन पुगेको थियो ।
४) ३४ वर्ष ट्रलीले सेवा दियो ।
५) आवश्यकभन्दा बढी कर्मचारी भर्ती गर्नाले आर्थिक समस्या परी ट्रलीबस बन्द हुन पुगेको बताइन्छ ।
६) ०३५ सालदेखि ०४५ सालसम्म ट्रलीबस नाफामा रहेको थियो ।
७) ४२ वटा बससहित ट्रलीबस सेवा सञ्चालनमा थियो ।
८) बसहरू अहिले बानेश्वरमा यातायात व्यवस्था विभागको खाली जग्गामा पार्किङ गरिएको छ । यी कुहिँदै गएका छन्, संरक्षण गरिएका छैनन् ।
९) अब यी बस चल्ने अवस्थामा छैनन् । कतै यसको म्युजियम बनाएर यी ट्रलीबसहरू राखी यसको इतिहास नयाँ पुस्तालाई जानकारी गराउँदा राम्रो हुन्छ ।
१०) ईभी (इलेक्ट्रिक भेहकल) सार्वजनिक बसमा अनुसन्धान भई नयाँ प्रभावकारी बसहरू उत्पादन भई सकेको हुँदा अब पुरानो प्रविधिको ट्रलीभन्दा नयाँ प्रविधिको ईभी बस सञ्चालनबारे सोच्नुपर्छ ।
११) अब तर टाङ्नुभन्दा प्रभावकारी, सस्तो र किफायती ब्याट्री बस ठिक हुन्छ । यद्यपि चीनमा आज पनि यस्तै प्रकारको ट्रलीबस सफल रूपमा सञ्चालनमा छ ।
यसबाट के सिक्ने ?
बस राज्यको निकायले किनेर सरकारी निकायले आफैँ चलाउनु हुँदैन । राज्यले स्थानीय सरकारहरूको क्लस्टर बनाएर प्राधिकरण वा कम्पनी बनाउने, सोमा ५१ प्रतिशत राज्यको र ४९ प्रतिशत निजीको लगानी हुने व्यवस्था गर्नुपर्छ ।
सो प्राधिकरणलाई विज्ञता र व्यवस्थापकीय क्षमता भएको सीईयोको नेतृत्वमा सञ्चालन गर्नुपर्छ । २४सै घण्टा सार्वजनिक यातायात उपलब्ध हुनुपर्छ ।
(लेखक गजुरेल यातायात विज्ञ हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण