बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२०३२ सालमा बनेको ट्रलीबसको ११ तथ्य

मङ्गलबार, १० असार २०८२, १३ : ४३
मङ्गलबार, १० असार २०८२

१) चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो । ओभरहेड तारबाट ऊर्जाले चार्ज हुँदै ट्रलीबस चल्यो । काठमाडौँको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म १३ किलोमिटर रुटमा ट्रलीबस चल्ने गर्थ्यो । 

२) ट्रलीबस निर्माण भएको १२ वर्षसम्म राम्रोसँग सञ्चालन भयो तर २०४४ बाट थला पर्ने अवस्थामा पुग्यो । भर्तीकेन्द्र बन्दै गएपछि ट्रलीबस सेवा घाटामा गएर थलिएको बताइन्छ । 

३) २०५३ सालमा काठमाडौँ महानगर, ललितपुर उपमहानगर र भक्तपुर नगरपालिकाले ‘स्मार्ट सिटी’को अवधारणा अनुसार सहर विकास योजना बनाउन ट्रलीबस सञ्चालनको जिम्मा लिएका थिए । तिनले पनि सञ्चालन गर्न नसकेपछि २०६६ सालबाट सेवा पूर्णतः बन्द हुन पुगेको थियो ।

४) ३४ वर्ष ट्रलीले सेवा दियो । 

५) आवश्यकभन्दा बढी कर्मचारी भर्ती गर्नाले आर्थिक समस्या परी ट्रलीबस बन्द हुन पुगेको बताइन्छ । 

६) ०३५ सालदेखि ०४५ सालसम्म ट्रलीबस नाफामा रहेको थियो । 

७) ४२ वटा बससहित ट्रलीबस सेवा सञ्चालनमा थियो । 

८) बसहरू अहिले बानेश्वरमा यातायात व्यवस्था विभागको खाली जग्गामा पार्किङ गरिएको छ । यी कुहिँदै गएका छन्, संरक्षण गरिएका छैनन् । 

९) अब यी बस चल्ने अवस्थामा  छैनन् । कतै यसको म्युजियम बनाएर यी ट्रलीबसहरू राखी यसको इतिहास नयाँ पुस्तालाई जानकारी गराउँदा राम्रो हुन्छ । 

१०) ईभी (इलेक्ट्रिक भेहकल) सार्वजनिक बसमा अनुसन्धान भई नयाँ प्रभावकारी बसहरू उत्पादन भई सकेको हुँदा अब पुरानो प्रविधिको ट्रलीभन्दा नयाँ प्रविधिको ईभी बस सञ्चालनबारे सोच्नुपर्छ । 
११) अब तर टाङ्नुभन्दा प्रभावकारी, सस्तो र किफायती ब्याट्री बस ठिक हुन्छ । यद्यपि चीनमा आज पनि यस्तै प्रकारको ट्रलीबस सफल रूपमा सञ्चालनमा छ । 

यसबाट के सिक्ने ?

बस राज्यको निकायले किनेर सरकारी निकायले आफैँ चलाउनु हुँदैन । राज्यले स्थानीय सरकारहरूको क्लस्टर बनाएर प्राधिकरण वा कम्पनी बनाउने, सोमा ५१ प्रतिशत राज्यको र ४९ प्रतिशत निजीको लगानी हुने व्यवस्था गर्नुपर्छ ।

सो प्राधिकरणलाई विज्ञता र व्यवस्थापकीय क्षमता भएको सीईयोको नेतृत्वमा सञ्चालन गर्नुपर्छ । २४सै घण्टा सार्वजनिक यातायात उपलब्ध हुनुपर्छ । 
(लेखक गजुरेल यातायात विज्ञ हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आशिष गजुरेल
आशिष गजुरेल
लेखकबाट थप