बजेट सच्याउन माओवादीको माग
सारांश
- माओवादी केन्द्रले कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटलाई 'झुर' र 'असन्तुलित' भन्दै सच्याउन माग गरेको छ।
- माओवादी सांसद गणेश प्रसाद उप्रेतीले बजेटले लोकतन्त्र, वित्तीय अनुशासन र समानताको खिल्ली उडाएको आरोप लगाएका छन्।
- बजेटमा चरम असमानता, महत्त्वपूर्ण क्षेत्रको उपेक्षा, र सांसदहरूलाई बोल्न दबाब दिएको आरोप लगाउँदै उनले सच्याउन चेतावनी दिए।
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई ‘इतिहासकै झुरेस्ट’ र ‘असन्तुलित’ भन्दै तत्काल सच्याउन माग गरेको छ ।
प्रदेश सभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै माओवादीका सांसद गणेश प्रसाद उप्रेतीले बजेटले लोकतन्त्र, वित्तीय अनुशासन र समानताको खिल्ली उडाएको आरोप लगाएका हुन् ।
‘यो बजेट सच्याउनुस्, हाम्रो तर्फबाट यो सरकारलाई हार्दिक आग्रह छ,’ उप्रेतीले विशेष समयमा बोल्दै भने, ‘यो बजेटले प्रदेशको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।’
नेता उप्रेतीले बजेट विनियोजनमा चरम असमानता देखिएको भन्दै आपत्ति जनाए । उनले भौतिक पूर्वाधार मन्त्रीको गृह जिल्ला खोटाङमा एक अर्बभन्दा बढी बजेट केन्द्रित गरिएको तर अन्य सांसदको क्षेत्रमा डेढ करोड मात्र छुट्याइएको भन्दै यसलाई ‘वित्तीय अराजकता’ को संज्ञा दिए । ‘एउटा क्षेत्रमा डेढ अर्ब र अर्को सांसदलाई डेढ करोड, यो कत्रो असमानता हो ?’ उनले प्रश्न गरे ।
पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य जस्ता महत्त्वपूर्ण क्षेत्रलाई बजेटले उपेक्षा गरेको र अपाङ्गता, महिला, दलित र विद्यार्थीको बजेट कटौती गरेर सरकारले आफ्नो अनुत्तरदायी चरित्र देखाएको उनले आरोप लगाए ।
आफ्नो भाषणका क्रममा उनले सत्तापक्षका सांसदहरू बजेट गलत छ भन्ने थाहा पाएर पनि बोल्न नसक्ने अवस्थामा रहेको भन्दै रोचक उखान प्रस्तुत गरे । उनले एक सांसदको भनाइ उद्धृत गर्दै भने, ‘अहिलेको अवस्था ‘कहूँ तो माई मरजाई, न कहूँ तो बाप कुत्ता खाई’ जस्तो भएको छ । बोलौँ भने आमा मर्ने, नबोलौँ भने बाबुले कुकुरको मासु खाने ।’
उप्रेतीले सदनमा लोकतन्त्रको अभ्यास हुनुपर्नेमा ‘सिन्डिकेट’ चलेको र सांसदहरूलाई दलको कार्यालयबाट बोल्नका लागि दबाब दिइएको गम्भीर आरोप लगाए । बजेटले आफ्नो कार्यक्षेत्र मिचेको, वित्तीय अनुशासन उल्लङ्घन गरेको र प्रदेशको भविष्यलाई अन्धकारतर्फ धकेल्ने प्रयास गरेकोले यसलाई नसच्याए इतिहासकै सबैभन्दा नकारात्मक बिम्बको रूपमा स्थापित हुने उनको चेतावनी थियो । उनले सरकारलाई भोलि जवाफ दिँदा बजेट सच्याउने घोषणा गर्न आग्रह पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण