वीरेन्द्रनगरमा आगामी आर्थिक वर्षदेखि नगरबस सञ्चालन हुने
सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा आगामी आर्थिक वर्ष २०८२/८३ देखि नगरबस सञ्चालन हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरवासीको सहजताका लागि नगरबस सञ्चालन गर्ने भएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्, ‘ नगरपालिका क्षेत्रभित्र सर्वसुलभ नगर यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरी यसै वर्ष देखि नगरबस सञ्चालन गरिने छ ।’
बढ्दो सहरीकरणसँगै व्यवस्थित सार्वजनिक यातायातको अभाव झेलिरहेका नगरवासीलाई राहत दिन नगरपालिकाले यो महत्त्वपूर्ण योजना अघि सारेको हो ।नगरबस सञ्चालन तथा खरिदका लागि २ करोड विनियोजन गरिएको उपप्रमुख निलकण्ठ खनालले बताए ।
नगर क्षेत्रभित्र सर्वसाधारणलाई सुलभ, भरपर्दो र व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले नगरबस सञ्चालनको तयारी थालिएको हो ।
यसअघि निजी क्षेत्रबाट नगरबस सञ्चालन भए पनि केही समयमै बन्द भयो । हाल वीरेन्द्रनगरमा सार्वजनिक यातायातका रूपमा अटो–रिक्सा सञ्चालनमा छन्, तर महँगो भाडा र निश्चित रुट नहुँदा यात्रुहरूले सास्ती भोग्दै आएका थिए ।
नगरपालिकाले बस सञ्चालनको मोडालिटी, भाडादर र समय तालिका छिट्टै सार्वजनिक गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण