पर्साका १४ मध्ये १० पालिकाले ल्याए झण्डै ७ अर्बको बजेट
सारांश
- पर्साका १० स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरे, जसमा वीरगञ्ज महानगरपालिका पनि छ।
- वीरगञ्ज महानगरपालिकाले ३ अर्ब २२ करोडको बजेट ल्याएको छ, पर्यटन, शिक्षा, स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिइएको छ।
- धोबिनी, विन्दवासिनी, ठोरी र छिपहरमाई गाउँपालिकाले भने बजेट ल्याउन सकेनन्, विभिन्न कारणले ढिलाइ भएको बताइएको छ।
वीरगन्ज । पर्सामा वीरगञ्ज महानगरपालिकासहित १० वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मंगलबार बजेट सार्वजनिक गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र स्थानीय तहहरूले बजेट ल्याइसक्नुपर्छ । तर १४ वटा स्थानीय तह रहेको पर्साका महानगरसहित १० वटा पालिकाहरूले मात्र करिब ७ अर्बको बजेट ल्याएका छन् । आ–आफ्नो तहमा आगामी वर्षमा यी पालिकाहरूले ६ अर्ब ९९ करोड बढीको बजेट प्रस्तुत गरेका हुन् ।
बजेट ल्याउने स्थानीयतहरूः वीरगञ्ज महानगरपालिकासहित बहुदरमार्ई, पोखरिया, पर्सागढी नगरपालिका हुन् भने सखुवाप्रसौनी, पटेर्वासुगौली, जिराभवानी, पकहामैनपुर, जगरनाथपुर र कालिकामाई गाउँपालिका हुन् ।
कुन पालिकाले कति ल्यायो बजेट ?
वीरगञ्ज महानगरपालिकाले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ३३ करोड रुपैयाँ वृद्धि हो । महानगरले आगामी आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य र सरसफाइलाई विशेष प्राथमिकतामा राखेको छ ।
यसैगरी बहुदरमाईले ४९ करोड ५२ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । उसले कृषि, सिँचाइ, पर्यटन, शिक्षा, स्वास्थ्य, भौतिक निर्माणलक्षित बजेट ल्याएको छ ।
पोखरियाले ४४ करोड ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने पर्सागढी नगरपालिकाको ५६ करोड २ लाखको बजेट ल्याएको छ ।
सखुवाप्रसौनीले ५९ करोड ३१ लख ५८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
यसैगरी जिराभवानीले ३६ करोड ५३ लाख, जगरनाथपुरले ४५ करोड ४१ लाख, पटेर्वासुगौलीले ४१ करोड १४ लाख, पकहामैनपुरले ३२ करोडभन्दा बढी र कालिकामाई गाउँपालिकाले ३७ करोडको हाराहारीमा बजेट ल्याएका छन् ।
क–कसले ल्याएनन् बजेट ?
पर्साका अधिकांश पालिकाहरूले मंगलबार बजेट ल्याउँदा चार वटाले भने प्रस्तुत गर्न सकेनन् । ठोरी गाउँपालिले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन नसकेको हो । असार ३० भित्र बजेट आउने गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।
धोबिनी गाउँपालिकाले बहुमतको समस्या देखाएर बजेटमा ढिलाइ भएको जनाइएको छ । यद्यपि यो साताभित्र बजेट ल्याउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले बताए ।
यसैगरी विन्दवासिनी गाउँपालिकाले पनि बजेट ल्याउन सकेन । अध्यक्ष प्रमोद तिवारीले भने, ‘बिचमा ‘हाकिम निलम्बनमा परेका थिए, जसले समस्या आयो ।’ तर अब चाँडै सबैसँग समन्वय गरेर बजेट ल्याउने उनले आश्वासन दिए । छिपहरमाई गाउँपालिकाले पनि मंगलबार बजेट ल्याउन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण