सन्तोष राई पुन: ‘वर्ल्ड च्याम्पियनसिप लङ डिस्टेन्स ट्रायथलन’ मा छनोट
सारांश
- सन्तोष राई स्पेनमा हुने लङ डिस्टेन्स ट्रायथलनमा सहभागी हुँदैछन्, उनले नेपालको प्रतिनिधित्व गर्नेछन्।
- अमेरिकाबाट सन्तोष कर्माचार्य पनि प्रतियोगितामा सहभागी हुनेछन्, नेपाल ट्रायथलन संघले छनोट गरेको हो।
- राईले गत वर्ष अष्ट्रेलियामा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टप १३ मा स्थान बनाएका थिए, उनले गिनिज वर्ल्ड रेकर्ड पनि बनाएका छन्।
बेलायत । लन्डनस्थित नेपाली धावक सन्तोष राईले स्पेनको पोन्टेभेड्रामा यही २९ जुनमा हुने वर्ल्ड च्याम्पियनसिप लङ डिस्टेन्स ट्रायथलन प्रतियोगितामा पुन: भाग लिने भएका छन्। उनले ४० देखि ४४ वर्ष उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्।
यस्तै, ५० देखि ५४ वर्ष उमेर समूहमा अमेरिकाको बोस्टनबाट सन्तोष कर्माचार्य पनि सहभागी हुँदै छन्। नेपाल ट्रायथलन संघले दुवै खेलाडीलाई छनोट गरेको हो। ट्रायथलन खेल महँगो र कठिन भएकाले नेपालमा खेलाडीको संख्या अत्यन्त न्यून रहेको सन्तोष बताउँछन्।
सन्तोषले गत वर्ष अष्ट्रेलियाको नर्थ क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा भएको वर्ल्ड च्याम्पियनसीप अन्तर्गत एलिट क्याटेगोरीमा प्रतिष्पर्धा गरेका थिए । पहिलोपटक सहभागी भएका राईले ३ किमी पौडी, १२१ किमी साइकल र ३० किमी दौड समावेश ट्रायथलनमा उत्कृष्ट प्रदर्शन गर्दै टप १३ मा स्थान बनाएका थिए।
नेपाल रन यूकेका संस्थापक सन्तोषले गत अप्रिलमा सम्पन्न लन्डन म्याराथन २०२५ मा दौरा सुरुवाल लगाएर दौडेर गिनिज वर्ल्ड रेकर्ड समेत बनाएका थिए। उनले सो म्याराथन २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा पूरा गरेका थिए।
सन्तोष सन् २००९ देखि म्याराथन दौड्दै आएका छन्। उनले लन्डन, बर्लिन, न्यूयोर्क, सिकागो, बोस्टन र टोकियो गरी विश्वका ६ प्रमुख म्याराथन पूरा गरेका छन्। दुई वर्षमै ती सबै म्याराथन दौड पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्।
उनलाई ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले हवाइ टिकट, पिपल मोर्गेज र गोर्खा किचन अल्डरसटले एकोमोडेसन, रियल ड्रिम्स कन्सल्टेन्सीले खेल सामग्री र सरोज थेरापीले फिजियो थेरापी प्रायोजन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण